यसपालिको दशैं तिहार अर्घाखाँचीमा" बोलको गीत सार्वजनिक (भिडियो सहित)

| २०७८ असोज २८ गते २०: ५१ मा प्रकाशित

अमृत खनाल अर्घाखाँची  ।
असोज २८ - आफ्नो जिल्लाको लागि आफ्नो देशको लागि केही गरौं र माया हर कोहीमा हुन्छ।एउटा त्यस्तै सोचले गर्दा विजय बिसिको भिडियो निर्माणमा नमरे बाचेमा यसपालिको दशैं तिहार अर्घाखाँचीमा बोलको दशैं तिहार गीत सार्वजनिक भएको छ।

जसमा अर्घाखाँचीका विभिन्न ठाउँलाई गीतमा समावेश गरिएको छ।अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक कुरालाई गीतमा महत्त्व साथ प्रस्तुत गरिएको छ।यस गीत मार्फत अर्घाखाँचीको महत्त्व र चिनारी प्रष्ट पार्न खोजिएको बुझिन्छ।

मुना बुढाथोकी र विजय बिसिको आवाज रहेको यस गीतमा लय/शब्द  पनि उनिहरुकै रहेको छ।त्यसैगरी अभिनव चौहान, विजय बिसि, माया उप्रेती,दीपा प्रसाई, सीमा  भट्टराई , किरण केसी , भावना राना लगायतको अभिनय देख्न सक्नुहुनेछ।

 भिडियो 

प्रतिक्रिया दिनुहोस्