एमालेलाई कमजोर बनाउँन खोज्ने आफै कमजोर हुन्छन् : नेता रामजी प्रसाद घिमिरे

| २०७८ कार्तिक १४ गते २१: २४ मा प्रकाशित

बसन्त श्रेष्ठ , अर्घाखाँची ।नेकपा एमाले सन्धिखर्क नगर कमिटिको प्रथम पूर्ण बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य रामजीप्रसाद घिमीरेले पार्टीलार्ई कमजोर बनाउने सपना देखेकाहरु स्वयम् आफै कमजोर साबित भएको बताउनुभएको छ । 

सन्धिखर्क नगरकमिटिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता घिमीले पदलोलुपहरुको चुइटाइले नेकपा एमाले झनै शसक्त बनेकोले फेरी चुनाबी मैदानबाट सत्ताको बागडोर सम्हाल्ने बताउनुभयो ।  

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य केबी भुसालले संगठन बिरोधीहरुसँगको विभाजले पार्टी झनै मजबुद बनेको बताउनुभयो । बिभाजनले नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयन सम्भब भएको भन्दै नेता भुसालले पार्टीमा एक मना एकता कायम रहेको दाबी गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटि इन्चार्ज युवराज श्रेष्ठ, जिल्ला कमिटि सचिवालय सदस्य तथा सह इन्चार्ज शम्भु पोख्रेल, जिल्ला कमिटि सचिवालय सदस्यहरु रामचन्द्र पोख्रेल, इश्वरा पोख्रेल, भोज बहादुर गन्दर्भ, सरोज भुसाल, मोतिजंग रायमाझी, नारायण आर्याल, सहिदिन मिया, सुस्मा श्रेष्ठ, मिश्रा आचार्य, पुष्पा भुसाल लगायतले बैठकको सफलताको शभकामना मन्तय राख्नुभएको थियो । 

नगर कमिटिको पहिलो बैठकले १२ वटै वडामा वडा कमिटि इन्चार्ज चयन गरेको छ । बैठकले वडा नं १ मा बाबुराम पन्थी, २ मा टोपलाल खनाल, ३ मा बाबु खड्का, ४ मा कृष्ण प्रसाद बञ्जाडे, ५ मा कृष्ण बहादुर अधिकारी, ६ मा प्रितम केसी, ७ मा लक्ष्मण कण्डेल, ८ मा धर्मपराजुली, ९ मा मेखबहादुर कार्की १० मा लक्ष्मीनारायण चुदाली, ११ मा हुमबहादुर कुवँर र १२ मा मुधुकुमार श्रेष्ठलाई वडा कमिटिको इन्चार्ज चयन गरिएको नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो । बैठकले २८ सदस्यीय सचिवालयको समेत गठन गरेको छ । 

जसमा नगर कमिटिका पदाधीकारी सहित, युवराज बञ्जाडे, लेखनाल भुसाल, पदम भुसाल, बलबहादुर रायमाझी भरत न्यौपाने, रामजी मरासिनी, नारायण श्रेष्ठ, सिता रायमाझी, पार्वती भुसाल, ढुण्डीराज अधिकारी, आशा परियार र  १२ वटै वडाका वडा इन्चार्ज रहनुभएको नगर कमिटि उपसचिव तथा प्रचार बिभाग प्रमुख लक्ष्मण पराजलीले जानकारी दिनुभयो । 
बैठकमा नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, सचिव कुशल भुसालको सञ्चालन र नगर कमिटि उपाध्यक्ष शिब अधिकारीको स्वागत मन्तब्य रहेको थियो । 

बैठकले पाटी गतिबिधीलाई चुस्त राख्न बिभागीय जिम्मेवारी समेत बाडफाड गरेको छ । जस अन्र्तगत स्कूल बिभागमा नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, आर्थिक बिभागमा उपाध्यक्ष शिव अधिकारी, संगठन बिभागमा सचिव कुशल भुसाल र प्रचार बिभागमा उपसचिव लक्ष्मण पराजुलीलाई जिम्मेवारी निर्धारण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्