आँप खोलाको टिमलाई पराजित गर्दै बाँगी सेमिफाइनलमा

| २०७८ कार्तिक १६ गते १९: ३९ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची क्रिकेट संघको क्लब दर्तामा आवद्ध युनाइटेड अर्घा क्रिकेट क्लब काे आयाेजनामा आइतबार देखी शुरु भएको प्रथम खुल्ला क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। जस अन्तर्गत बाँगी को नवदीप युवा क्लबले आज आँप खोलाको टिमलाई पराजित गर्दै ११२ रन लिएर सेमिफाइनलमा पुगेको हो ।

आँप खोलाको टिमलाई १२ ओभर मा १११ रन मा रोकि ७ ओभरमा पराजित गरेक हुन। पेम भुलामी मगर ३० बल मा ८९ रन लाएका थिए भने २ ओभरमा २ विकेट लिएका हुन । सरोज खड्काले ३ ओभरमा ३ विकेट , सुदिप कुँवरले ३ ओभरमा २ विकेट , मिलन पन्थीले २ ओभरमा २ विकेट , कप्तान अदित्य कुँवरले १२ रनमा एक विकेट लिएका हुन  भने हिमाल बस्नेतले ४ बलमा ७ रन ल्याउदै सेमिफाइनलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्