अर्घाखाँचीमा स्वास्थ्य मापदण्ड अपनाएर देउँसी-भैलो खेल्न पाइने (सूचना सहित)

| २०७८ कार्तिक १७ गते १८: ३० मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले २०७८  सालको तिहारमा देउँसी,भैलो स्वास्थ्य मापदण्ड पुरा गरी खेल्न अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालयले आज  एक सुचना जायर गर्दै नजिकिंदै गरेको २०७८ सालको दिपावली (तिहार) र छठ पर्व शान्तिपूर्ण वातावरणमा सुरक्षित र मर्यादित तरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर मनाउँन सुचनामा उल्लेख गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले साँझ सम्म  देउँसी,भैलो खेल्ने अनुमति दिए संगै जिल्लाका बिभिन्न क्षेत्रमा देउँसी भैलो  निकाल्ने तयारी  रहेको छ। कोरोना महामारिको कारण गत बर्ष पनि भैलो खेल्नमा रोक लगाईएको थियो। यस बर्ष  देउँसी भैलो खेल्ने अनुमति पाउँदा युवा युवती हरु हर्षित रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्