पुनरुत्थानशिलता बिश्लेषण तथा जिबिकोपार्जन सम्बन्धि एक दिबसिय बिस्तृत अध्यान कार्यशाला गोस्टी सन्धिखर्कमा सम्पन्न

| २०७८ मंसिर १४ गते १५: ३३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
मंसिर १३-  पुनरुत्थानशिलता बिश्लेषण तथा जिबिकोपार्जन सम्बन्धि एक दिबसिय बिस्तृत अध्यान कार्यशाला  गोस्टी सन्धिखर्कमा सम्पन्न भएको छ।
  
सोमबार सम्पन्न  कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य , छत्रदेब गाउँपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ ,साहायक प्रमुख जिल्ला अधिकारी ,बिनोद खनाल , निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल ,सन्धिखर्क नगरपालिका का शाखा अधिकृत मन्जु खनाल, साहायक बन अधिकृत पन्नालाल भट्टराई लगायत विभिन्न संघ संस्था का प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

 कार्यशाला गोस्टीमा जिबिका पार्जनका प्रमुख माध्यम हरु , जिबिकापार्जन का प्रमुख क्रियाकलापहरु, खाध्यान्नका प्रमुख श्रोतहरु,(बिपन्न /सम्पन्न घरधुरी ), खाध्यान्नका प्रमुख श्रोत हरु, खाध्य र गैर खाध्य बस्तु खरिद बिक्री गरिने प्रमुख बजार सम्बन्धि विवरणहरु,खाध्य र गैर खाध्य बस्तु खरिद बिक्री  गरिने प्रमुख बजार हरु , प्रकोप सम्बन्धि  , जलबायु परिबर्तनको अनुभव , जलबायु परिबर्तनको कारण भएको परिबर्तन र बाताबरणिय प्रभावको असर कम गर्न गरिएको कार्य प्रभाबकारिता हुन नसक्नुको कारण बारे अन्तरक्रियात्मक छलफल गरिएको थियो । 

संयुक्त रास्ट्रसंघ , बिश्वखाध्य कार्यक्रम ,रास्ट्रिय योजना आयोग प्रदेश योजना आयोग को सहयोग तथा जिल्ला समन्वय समिति को सहजीकरण मा सम्पन्न कार्यक्रम 

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा को अध्यक्षता  निमित्त समन्वय अधिकारी सृजना भुसाल को स्वागत मन्तब्य मा सम्पन्न कार्यशाला गोस्टी को संचालन समन्वय समिति का नासु बिनोद कुवर ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्