जिल्ला औद्योगीक प्रबर्द्धन समितिकाे बैठक सन्धिखर्कमा सम्पन्न

| २०७८ मंसिर १४ गते २२: ३२ मा प्रकाशित

हिम लेकाली। 
मंसिर १४ - जिल्ला  औद्योगीक  प्रबर्द्धन समितिकाे बैठक घरेलु तथा साना उद्योग कार्यालय सन्धिखर्कमा सम्पन्न भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकाे आर्थिक बर्ष २०७८/२०७९ मा सन्चालन हुने कार्यक्रम तथा याेजनाहरूकाे बिषयमा छलफल गर्न बैठक बसेकाे हाे ।

समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माकाे अध्यक्षतामा सम्पन्न बैठकले यस आर्थिक बर्षमा घरेलु कार्यालय बाट  सम्पन्न हुने विभिन्न कार्यक्रमका बिषयमा छलफल गरि निर्णयहरू लियकाे छ ।

बैठकले जिल्लामा  औद्योगीक ग्राम स्थापनाका लागि घाेषित अाैद्योगीक ग्रामकाे पूर्बाधार निर्माण सहयाेग कार्यक्रम सम्बन्धमा नेपाल सरकारले अाैद्योगीक ग्राम घाेषणा गरेकाे स्थानमा सम्बन्धित पालिकाकाे समन्वयमा उक्त कार्यक्रम सन्चालन गर्ने निर्णय गरियाे ।

त्यसैगरि उत्पादित बस्तुकाे गुणस्तर र लेभलिङ सम्बन्धि तालिम तथा  प्रबिधि   हस्तान्तरण,काेशेलिघर सन्चालन , दुर्गम स्थानीय तहमा सस्ताे पसल सन्चालन ,   दलित , बिपन्न तथा लाेपउन्मुख  सिमान्तकृत वर्गलाई सीप विकास तालिम ,  जिल्लामा सन्चालित उद्योगहरूकाे स्तराेन्नती ,नयाँ उद्यमी लाई श्रृजना कार्यक्रम   , ग्रामीण क्षेत्रमा रहने उद्यमीहरूलाई   सहयाेग प्याकेज  कार्यक्रम लगायतका बिषयमा छलफल गरि बिनियाेजित बजेटलाई उपर्युक्त ठाउँमा कार्यान्वायनका लागि समितिकाे त्रफबाट घरेलु कार्यालयलाई साथ सहयाेग पुर्याउने निर्णय गरियाे  ।

उक्त कार्यक्रमहरू सन्चालनका लागि जिल्ला स्थिति स्थानीय तहहरू संग समन्वय र सहकार्य गरि माग र अावश्यकताका अाधारमा छलफल गरि ६ वाेटै स्थानीय तहमा कम्तीमा एक एक वाेटा तालिम सन्चालन गर्ने समेत समितिले निर्णय गरेकाे छ ।

भने जिल्ला मा  उद्योग बाणिज्य संघ  ,चेम्वर अफ कमर्स  , प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय ,नेपाल घरेलु तथा साना उद्योग महासंघ  लगायतका  सराेकारवाला निकायहरू संग काे  परामर्श साथ सहयाेगमा  कार्यक्रमहरू बडाईने निर्णय बैठकले लिएको छ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी  बिनाेद खनाल ,निमित्त जिल्ला समन्वय अधिकारी श्रृजना भुसाल ,उद्योग बाणिज्य संघ बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल ,नेपाल चेम्वर अफ कमर्शका जिल्ला अध्यक्ष अशाेक कुमार   श्रेष्ठ ,नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँची का उपाध्यक्ष हिम "लेकाली "काे उपस्थिति रहेकाे थियाे ।कार्यक्रम काे सहजिकरण वरिष्ठ उद्योग अधिकृत सन्ताेष खनालले  गर्नु भएको  थियाे ।बैठककाे सहजिकरण घरेलु कार्यालयका अधिकृत लक्ष्मि प्रसाद दाहाल र माईन्युट लेखन सहयाेग कार्यालयका कम्प्युटर अपरेटर हुम बि.क.ले गर्नु भएको  थियाे ।
 
घरेलु कार्यालय  बाट यस आर्थिक बर्षमा सन्चालन हुने विभिन्न कार्यक्रम बापतकाे बिनियाेजित बजेट रू. एक कराेड साेर्ह लाख रहेकाे प्रस्तुत कार्यक्रम बिबरण बाट जानकारि प्राप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्