सन्धिखर्क नगरवासिहरू फाेहर मैला ब्यबस्थापन तालिममा सहभागी हुँदै

| २०७८ मंसिर १५ गते २२: ३४ मा प्रकाशित

हिम लेकाली,सन्धिखर्क। 
मङ्सिर - १५ सन्धिखर्क नगरपालिका  अन्तरगत वडा नं.१ र २ का टाेल वासिहरू यतिबेला फाेहर मैला ब्यबस्थापन तालिममा जुटेका छन् ।

सिर्जनशिल एकीकृत दिगाे विकास समाज काठमाण्डुकाे आयाेजना सन्धिखर्क वडा कार्यालयकाे समन्वय र यु.एन .डि .पि .अन्तरगत स्माल ग्रेन्ट प्राेजेक्ट र यु.एन .ओ.पि.एस . काठमाडौं काे अार्थिक सहयाेगमा सन्धिखर्कमा तालिहरू सन्चालन भएका छन् ।

दिगाे र उचित रूपमा फाेहरमैला ब्यबस्थापन गरि  फाेहर लाई माेहरमा परिणत गर्ने उद्देश्यका साथ सहरि नमूना कार्यक्रम अन्तरगत यी कार्यक्रमहरू सन्चालित भएका हुन् ।याे कार्यक्रम अर्घाखाँचीमा असाेज १० बाट सुरू गरियकाे थियाे ,जस्काे उद्घघाटन सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रम बिच गर्नु  भएकाे थियाे ।

साेहि कार्यक्रम चरणबद्ध सन्चालन हुने क्रममा आज सन्धिखर्क बडा नं . २ का विभिन्न टाेलका पदाधिकारि तथा सद्स्य महिलाहरू लाई फाेहर लाई श्राेतमा बर्गिकरण गरि अर्गानिक गड्याउला बनाउने तालिम सन्धिखर्ककाे बिन्दु हाेटलमा   सुरू भएको  छ ।उक्त तालिम मा २ नं. वडाका २४ टाेल सुधार समितिका  ५३  महिला सदस्यहरूकाे  सहभागीता  रहेकाे थियाे । 

कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष माेतिजंग रायमाझीले तालिम फलदायी बनाेस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको  थियाे  , ।उहाँले  सभ्यताकाे  पहिलाे परिचय सरसफाइ भएकाे भन्दै  टाेल बासिहरलाई आफ्नाे टाेल सफाइमा विशेष ध्यान दिन आग्रह गर्नु भयाे ।मन्तव्य राख्दै उहाँले टाेलमा उत्कृष्ट कार्य गर्ने टाेल लाई सम्मान तथा पुरस्कृत गरिने समेत बताउनु भयाे।  त्रिवेणी टाेल सुधार समिति सदस्य पुस्पादेवी खनालकाे अध्यक्षता र संस्था कि अध्यक्ष  खिमा खनालकाे सन्चालनमा उद्घघाटन सत्र सम्पन्न भएकाे हाे ।

तालिम मा सहभागीका अपेक्षा संकलन साथै फाेहरबाट आई पर्ने समस्या र चुनाैती ,समाधानका उपाय र  दिगाे फाेहर मैला ब्यबस्थापन का के गर्नु पर्दछ भन्ने बिषयका समूह छलफल गरिएकाे थियाे ।

तालिममा फाेहरले समुदाय र राष्ट्रलाई पार्ने प्रभाव र यस्काे उचित ब्यबस्थापन र यसबाट हुने फाईदा, गड्याैला खेति यस्काे प्रभाव र महत्वका    बिषयमा संस्था कि अध्यक्ष खिमा खनाल र  कार्यक्रम ब्यबस्थापक सिरिजा पाण्डेले प्रशिक्षण  प्रदान गर्नु  भएको थियाे । त्यसै गरि सन्धिखर्क नगरपालिका भेटेरिनरि प्रमुख नारायण खनाल र कृषि प्राबिधिक  सरिता घिमिरे  ले पनि प्रशिक्षण प्रदान गर्नु भएको थियाे ।

भाेलिकाे कार्यक्रम  सहभागी  ५ जनाकाे घरघर मा पुगेर गड्याैला तयारि अभ्यास  गरिने भएको  छ । तालिम कार्यक्रम  बुधवार बाट सन्चालन भै १९ गते सम्म सन्चालन रहने आयाेजक संस्थाले बतायकाे छ । भने साेहि कार्यक्रम हिजाे मङ्गलबार सनपा वडा नं १ मा ७५ जना टाेल सुधार समितिका  महिला  सदस्यहरू लाई प्रदान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्