कृषि ज्ञानकेन्द्र अर्घाखाँची द्वारा संचारकर्मी हरु सँग एक दिवसीय अन्तरक्रिया गोष्ठी सम्पन्न

| २०७८ मंसिर १६ गते १५: ५७ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची ।
मंसिर १६-  कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले  संचारकर्मी हरु सग एक दिवसीय अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ।

केन्द्रले ०७८/०७९ मा कृषिकार्यको  विभिन्न क्षेत्रमा आठ करोड त्रिसठ्ही लाख उनसत्तरी हजार को बिनियोजित कार्यक्रम सार्बजनिक गरेको छ । केन्द्रले कृषि भबन , माटो परिक्षण , आकस्मिक बालीसंरक्षण कृषि प्रबिधी प्रबन्धन,फलफूलका बिरुवा बितरण, स्टुवरी उत्पादन ,बिउमा आत्मनिर्भरता , प्रतिफलमा आधारित  कृषक प्रोत्साहन ,मकै,आलु,सुन्तला कागती मिसन ,कृषि बिषय अध्यान गरेका युबा हरुलाइ उधमशिलता बिकास कार्यक्रम ,कृषिकर्मी रोजगारी कार्यक्रम विभिन्न सरोकार वाला हरुसग अन्तरक्रिया  लगायतका कार्यक्रम हरु रहेको जानकारी गराइएको थियो ।

अन्तरक्रिया गोष्ठीमा प्रधानमन्त्री आधुनिकिकरण परियोजना का नासु भोजराज पोख्रेल  नेपाल पत्रकार महासंघ का नि-बर्तमान अध्यक्ष पुर्ब अध्यक्ष बर्तमान अध्यक्ष महासंघका  पदाधिकारी तथा सदस्य जिल्ला स्थित क्रियाशिल संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

केन्द्रका  कार्यलय प्रमुख राम मिलन बिकास बिश्वकर्मा को अध्यक्षता मा सम्पन्न कार्यक्रम को स्वागत मन्तव्य नारायण भुसाल र संचालन महेन्द्र कुमार ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्