केपी ओलीलाई पार्टीलाई भित्तामा टासेर कालो बोर्ड बनाइदिन्छौँ,बालकोट देखि छिट्टै झापा पठाईदिन्छौँ : भागवत विश्वासी

| २०७८ मंसिर १८ गते १५: ५५ मा प्रकाशित

रबि पोख्रेल ,सन्धिखर्क। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )जिल्ला कमिटि अर्घाखाँची द्वारा आयोजित बृहत कार्यकर्ता भेला अध्यक्ष माधब कुमार नेपालको उपस्थितिमा सन्धिखर्कमा रहेको सभा हलमा शुरु भईरहेको छ। 

बृहत कार्यकर्ता भेलालाई लुम्बिनी प्रदेश इन्चार्ज,पार्टीका केन्द्रिय सदस्य भागवत विश्वासीले सम्बोधन गर्दै  केपी ओलीलाई पार्टीलाई भित्तामा टासेर कालो बोर्ड बनाइदिने ,ओलीको पार्टीलाई देश बाट पत्ता साफ गरिदिने, केपी ओलीलाई बालुवाटार बाट बालकोट पुर्याएका छौँ अब बालकोट बाट पनि  झापा पठाईदिने बताएका छन्। 

देशका कुनै पनि स्थानमा ओलीको पार्टीलाई उपस्थिति हुन् न दिने र आउँदो चुनावमा केपी ओलीको पार्टीलाई पत्ता साफ गरिदिने ठोक्कुवा गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्