राप्रपा नेपाल अर्घाखाँचीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती भब्य रुपमा मनायो

| २०७८ पौष २७ गते १७: ५५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। राप्रपा नेपाल अर्घाखाँचीले जिल्ला अध्यक्ष श्री दिपक कुँवर को मातहत मा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह ज्युको जन्म जयन्ती भब्य रुपमा मनाईएको छ। 

उक्त कार्यक्रम मा गणतन्त्र संघीयता खारेज गर राजतन्त्र सहित को हिन्दुराज्य कायम गर जस्ता रास्ट्र भक्त नारा हरु गुन्जियेका थिए।जिल्ला अध्यक्ष श्री दिपक कुँवर ले देशमा अब गणतन्त्र को समाप्ती र राजसंस्था सहित को हिन्दु राज्य स्थापना हुने माहोल बनेको बताउनु भयो।

साथै नेपाल देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदान कुनै पनि नेपाली ले भुल्न न हुने भन्दै सम्पुर्ण देश प्रेमी धार्मिक जनसमुदाय हरु लाई आग्रह गर्नु भयो।र हामी हरुले अब आउने दिन हरुमा जिल्लामा मात्र न भैई सम्पुर्ण नेपाल अधिराज्य भरी नै देश ब्यापि रुप मा जन चेतना मुलक कार्यक्रम गर्दै ससक्त आन्दोलन गर्ने योजना रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्