अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले अधिवेशन गर्ने

| २०७८ माघ ५ गते १९: १९ मा प्रकाशित

गुरुदेब खनाल। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि आउँदो सलनालमा अधिवेशन गर्ने भएको छ । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको यस सम्पर्क मञ्च कोरियामा रहेका संस्थाहरुमध्ये अब्बल मानिन्छ ।

सम्पर्क मञ्चको हालै बसेको बैठकबाट आउदो सलनाल मा अधिवेशन गर्ने निर्णय गरेको हो । वैठकले राज खनाल को अध्यक्षतामा भेला आयोजक कमिटी पनि बनाएको छ ,साथै उक्त बैठकले बाबुराम आचार्य संयोजक रहने गरी निर्वाचन समिति पनि बनाएको। उक्त समितिका सदस्य प्रमुखमा विनोद खनाल रहनुभएको छ त्यसैगरी सदस्यहरुमा वैरागी माईला , पुकार साह, गणेश थापा, सुसील शाही,दिपक राज बन्जाडे , मिन पोखरेल रहनुभएको छ।

संस्थाले प्रतिनिधि चयन का लागि अर्घाखाँचीबाट दक्षिण कोरियामा विभिन्न काम पेशा र व्यवसाय गर्दै आउनुभएका सम्पूर्णलाई अनलाइनमार्फत नाम दर्ताका लागि आह्वान गरेको छ । यस लिङ् मार्फत नाम दर्ताका लागि संस्थाले सम्पूर्ण मा सुचना सम्प्रेषण गरेको हो।

प्रतिक्रिया दिनुहोस्