नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) काे बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न

| २०७८ माघ ८ गते १७: २६ मा प्रकाशित

प्रेमनारायाण आचार्य। नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) काे बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । 

सभापति राजेश कुमार पन्थीकाे अध्यक्षता र सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको बैठक नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । 

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल , बाबुराम पाैडेल,  जिल्ला सचिव कृष्णप्रसाद खनाल , पुर्ब क्षेत्रीय सभापति  केशवराज कुवर , कांग्रेस नेता हुम प्रसाद बन्जाडे, कांग्रेस जिल्ला सदस्य सुर्य प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्