अर्घाखाँचीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाव छैन

| २०७८ माघ ९ गते २१: ३२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
९ माघ - अर्घाखाँचीका औषधी पशलहरुमा सिटामोल लगायतका अत्याबश्यक औषधीहरुको अभाव नरहेको देखिएको छ । 
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज सन्धिखर्क र चुत्राबेसीका औषधी पशलहरुमा अनुगमन गर्दा औषधीको भण्डारण आबश्यक मात्रामा भयडारण गरिएको देखिएको हो । 

देशभर सिटामोल लगायतका औषधीहरुको कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलि क्लिनिकहरुमा अनुगमन गरिएको र अनुगमनमा औषधीहरु सकिएको अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए  । सिटामोल लगायतका औषधीहरुको अभाव हुन नदिन औषधीको प्रयाप्त भण्डारणमा ध्यान दिन औषधी व्यवसायीहरुलाई आग्रह समेत गरिएको प्रजिअ घिमिरेको भनाइ छ । 
केहि औषधी पशलहरु मापदण्ड विपरित अथौत मापदण्ड अनुसार सञ्चालन नभएको देखिएको हुदा कानुनी प्रकृया पुरा गरी मात्र सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए । 

औषधी पशलहरुको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश खनाल,  घरेलु तथा साना उद्योग व्यवसायी समितिका प्रमुख शन्तोष खनाल, उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहाल, जिल्ला स्वास्थ्य कार्यालयका गिता भुसाल, रुद्र प्रसाद खनाल, औषधी व्यवसायी समितिका तिलक मिश्र, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुावर, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम आचार्य लगायतको टोलीले अनुगमन गरेको हो । 

यस्तै आज आइतबार विगतका दिनहरुका घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा बजार अनुगमन गर्दा बरामद गरिएका खाद्य सामाग्रीहरु नष्ट गरिएको छ । म्याद गुज्रिएका तथा उपभोक्ताको स्वास्थ्यलाई असर पर्ने खालका भुजा, मैदा, चिसो तथा पेय पदार्थ लगायतका सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी घिमिरेको उपस्थितिमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्