अर्घाखाँचीमा कोरोना संक्रमितको संख्यामा उकालो लाग्दै आज मात्र ३१ जना संक्रमित थपिए

| २०७८ माघ ११ गते २०: ३५ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा 
 १४ जना,भुमिकास्थान नगरपालिकामानमा ६ जना  सितगंगा नगरपालिकामा ७ जना ,मालारानी गाउँपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ० जना गरि जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस सहित जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर २ सय १६ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा 
१०६ जना,भुमिकास्थान नगरपालिमा १८ जना,शितगंगा नगरपालिकामा  ५८ जना,मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा २४ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि २ सय १६ जना संक्रमित हाल उपचाररत रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा कोरोना मुक्त हुनेको संख्या  शुन्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्