एमाले अर्घाखाँची आक्रमक रूपमा पार्टी प्रवेशकाे चरणमा

| २०७८ माघ १५ गते १८: ०३ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले पार्टीको  जिल्ला देखि टाेल सम्म कमिटी निर्माण सम्पन्न सगै अाक्रमक रूपमा पार्टी प्रवेश चरणमा लागेकाे छ । 

पार्टीको केन्द्रीय महाधिवेशनमाबाट केन्द्रीय सचिवमा टाेपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल,केन्द्रीय सदस्य तथा सहइन्चार्ज चेतनारायण आर्चाय,जिल्ला अधिवेशनबाट पिताम्वर भुसालकाे नेतृत्वमा जिल्ला समिति तथा ६ स्थानिय तह,६१ वडामा नयाँ नेतृत्व चयन गरि पार्टी प्रवेशलाइ तिव्रता दिएकाे छ । 

जिल्लाकाे प्रमुख दल रहेकाे एमालेले आसन्न निर्वाचनमा सत प्रतिशत रिजल्ट ल्याउने गरि याेजना बनाइ अगाडि बढिरहेकाे जिल्ला ईन्चार्ज खड्कालेबताउनुभयाे । जिल्ला भरका दल एकातिर भएपनि निर्वाचनमा सुविधा सम्पन्न तरिकाले विजय हुने गरि काम भईरहेकाे खड्काकाे भनाइ छ । गाउँ अभियानमा जुटेकाे एमालले अाक्रमक शैलिमा पार्टी प्रवेशलाइ उत्साह जनक तरिकाले अगाडि बढाएकाे छ । 

भुमिकास्थान पार्टी प्रवेश 

 

केही दिन अगाडि सितगगा नगरपालिका र पाणिनि गाउँपालिकामा प्रवेश सुरू गरेकाे एमाले अर्घाखाँचीले शनिवार मात्र धारापानि र ढाकावाङमा मात्रै ७० घर परिवारबाट झन्डै २०० सय मतदाता थप गरेकाे छ । गाउँटाेलमा रहनु भएका केन्द्रीय सचिव रायमाझीले पार्टी प्रवेशले उत्साहित रहेकाे बताउदै टेलर मात्र सुरू भएकाे पूरा फिल्मि देखाउदा एमालेले सबै दल मिले पनि दुईतिहाइ मत लिएर जित्ने दावि गर्नुभयाे । एमाले मुल धार रहेकाे चर्चा गर्दै नेपालमा काग्रेस र एमाले पार्टी अस्तित्वमा रहने बताउदै अरू खुद्रा पसल बन्द हुने बताउनुभयाे । 

बर्तमान गठबन्धनले हार स्वार्कार गरेकाे भन्दै प्रतिपक्ष दलका विरूद्व गठबन्धन गर्ने दुनियामा कहि नभएकाे बताउनुभयाे ।जिल्ला अध्यक्ष पिताम्वर भुसालले पार्टी प्रवेश अभियान सुरू भएकाे भन्दै ६ स्थानीय तहमा पहिलाे चरणमा मात्रै २००० जनालाइ पार्टी प्रवेश गराउने गरि आन्तरिक तयारी पूरा भएकाे बताउनुभयाे । 
केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आर्चायले जिल्लाकाे विकासमा एमालेका निर्वाचित जनप्रतिनिधिले उल्लेखनिय बजेट ल्याउन सफल भएकाे रहेकाे जनताकाे एमालेमा मात्र विश्वास रहेकाे बताउनुभयाे ।

स्थानीय तहमा एमालेकाे प्रवेश गर्ने लहर निरन्तर रहने भन्दै गाउँटाेलमा प्रवेश गर्न स्थानियहरू समय मिलाउन अाग्रह गरिरहेकाे भन्दै क्रमश सबै ठाउमा पुगिनि जिल्ला सचिव ताेजबहादुर रायमाझीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्