अर्घाखाँचीमा सोमवार ३२ जनामा कोरोना पुष्टी, २५ जना निको,थप १ जनाको मृ'त्यु

| २०७८ माघ १७ गते २३: ०३ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा सोमवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २२ जना,भुमिकास्थान नगरपालीकामा २ जना,शितगंगा नगरपालीकामा ३ जना,मालारानी गाउँपालीकामा १ जना र पाणिनी गाउँपालीकामा ४ गरी ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १० जना,शितगंगा नगरपालीकाबाट १० जना र मालारानी गाउँपालीकाबाट १ जना र पाणिनी गाउँपालीकाबाट ४ जनागरी २५ जना संक्रमित निको भएकाछन । यससंगै हालसम्म ४ हजार ५ सय ५९ जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा २११ जना सक्रिय संक्रमित रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १०६ जना, भुमिकास्थान नगरपालीमा १३ जना, शितगंगाा नगरपालीकामा ४२ जना, मालारानी गाउँपालीकामा ९ जना,पाणिनी गाउँपालीकामा ३३ जना र छत्रदेव गाउँपालीकामा ८ जना सक्रिय संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा मालारानीमा १ जनाको ज्यान गएको छ । यससंगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ९२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्