अर्घाखाँचीको खाँचिकोटमा भइरहेको चुनढुङ्गा उत्खननले अप्रतिम पहाड मरुभूमिमा परिणत हुँदा जिल्लाले के उपलब्धि पायो?

| २०७८ माघ १८ गते २१: १५ मा प्रकाशित

गुरुदेव खनाल। सन्धिखर्क नगरपालिका वार्ड न.७ मा विगत लामो समयदेखि भइरहेको चुनढुङ्गा उत्खननले केही व्यक्तिगत स्वार्थ र राजनितिक दाउपेच बाहेक कुनै पनि सामाजिक उपलब्धि दिएको छैन । यदि विकासको सिद्धान्तलाई आधार मान्ने हो भने कुनै पनि योजना र बिकासबाट पहिलो प्राथमिकतामा त्यो क्षेत्रलाई नै बढी लाभान्वित हुने गरि तर्जुमा गरिन्छ। उदाहरणको लागि विश्वको आर्थिक रुपमा सम्पन्न शहर सिङ्गापुर र भारतको राजधानी  मुम्बई सहरलाई लिन सकिन्छ । यी क्षेत्र बिकासको उच्च सूचकांमा छ्न भनिन्छ कुनै पनि उद्योगले सामाजिक खर्च र पर्यावरण खर्चको बदलामा त्यो भन्दा बढी प्रतिफल दिन सक्नुपर्छ । 

यदि वातावरण  र सामाजिक खर्चको नकारात्मक नेट प्रफिट भ्यालु (NPV) भयो भने त्यस्तो खानी वा उद्योग  वा प्रोजेक्ट खारेज वा रद्द गर्ने बिज्ञगत मान्यता छ। तर अर्घाखाँचीमा भैइरहेको चुनढुङ्गाले जिल्लामा यति ठूलो पर्यावरण ,सामाजिक, धार्मिक क्षतिमा नगन्य आर्थिक लाभबाट खै कुन तर्क र सिद्धान्तमा यसको समर्थन छ ? प्राप्त डाटा अनुसार आर्थिक बर्ष २०७४/0७५ मा करिब ५ लाख सन्धिखर्क नगरपालिकाले राजस्व स्वरुप पाएको अनि अर्को आर्थिक बर्ष २०७५/०७६ मा करिब ४ लाख राजस्व प्राप्त भएको यस बाहेक अन्य प्रभावित क्षेत्र शितगंगा नगरपालिका, पाणिनी गाउपालिका कुनै आर्थिक लाभ पाएको छैन ।

 सन्धिखर्क नगरपालिकालाई वार्षिक करिब ४ लाख रुपैयाँ हात्तिको मुखमा जिरा जस्तै यो बाहेक गोप्य कुनै व्यक्ति  विशेष  राजनीति दल वा अन्य सेटिङ्गको लागि केही आर्थिक चलखेल त्यो भन्दा कुनै आर्थिक लाभ र उपलब्धि छैन। बरु जिल्लाका करोडौं लगानीमा निर्माण भयका सम्रचना सडक बाटो आदिको अवस्था उक्त उत्खननले निकै जिर्ण अवस्थामा  छ। यसरी अर्घाखाँचीले दोहोरो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ। अर्घाखाँचीले उक्त  उत्खननबाट पर्यावरणमा पर्ने दीर्घकालीन असर समाजमा उत्पन्न विकृती सगै लामो समयसम्म देखिने समाजमा  स्वार्थी तिक्तता, सास्कृतिक धार्मिक र पर्यटकीय आकर्षणको कुरुपता यस्ता जटिल  भयावह समस्या उत्पन्न गरेर हामी कसरी सामाजिक रुपान्तरण गर्न सक्छौ र? हामिले यति ठुलो प्रकृतिले दिएको बिरासतलाई गुमाएर उल्लेखित समस्या बाहेक अरु के पायौं त? कसलाई उकास्न  लगाउन कसलाई फाइदा पुर्याउन र कसलाई हाम्रो जिल्लाको सान बिरासत सुम्पिएर हामी किन यस्तो सुन्दर मनोहर क्षेत्रलाई कुरुप बनाउन मतियार सारथी बन्यौ? कुनै दिन इतिहासले चुन -चुनकर हिसाब खोज्ने छ? 

अपरिपक्व राजनितीक अवस्था कमजोर , फितलो कानुनी र प्रशासकिय व्यवस्था अनि स्वार्थ मनोवृत्ति सोचअनि अशिक्षित समाज, पुजिबाद र दलाल हरुलाई यस्तो व्यवस्था  दुईहातमा लाभ जस्तै हो ।वचरम भष्टचारले स्थानीय मात्र हैन देशको राजस्व र ढुकुटीलाई कंगाल बनाउन यस्ता क्रियाकलाप काफी छ्न । यति ठूलो यति सुन्दर पहाडको बलि दिएर केबल नामको मात्र राजस्व बुजाएर देश र समाजको बिधिगत चिरहरण सगै नाङो तबरले लुटिएको छ। भनिन्छ यदि व्यक्ति नबने पनि समाज बन्यो भने उसलाई समाजले ढाक्न सक्छ तर यदि व्यक्ति बनेर समाज बनेन भने समाज जसरी त्यो व्यक्ति पनि डुब्छ, भन्नू को तात्पर्य हामी पहिले समाजको बारेमा सोचौ, हामी व्यक्तिगत स्वार्थको लागि भावी  पिडि र समाजलाई आज बलि न चडाउ। समयमै सबै जिल्ला बासी राजनितीक दल, नागरिक समाज, बुद्धिजीव, पत्रकार, पेशाकर्मी लगायत प्रसाशनको यस विषयप्रति गम्भीर ध्यान जाहोस ।

प्रतिक्रिया दिनुहोस्