विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा महङ्गी तथा पेट्रोलियम पदार्थको मुल्य बृद्विका विरुद्व सन्धिखर्कमा कोणसभा सम्पन्न

| २०७८ माघ २० गते १८: ०२ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सहायक संगठन ,अखिल क्रान्तिकारी ,युबा संगठन  ,जनपत्रकार संगठन ,लगायतका जबस मोर्चाले अर्घाखाँचीको भक्तिटोलामा केन्द्रिय कार्यक्रम अनुसार संयुक्त रुपमा आज कोणसभा सम्पन्न गरेका छन्।  

कोणसभालाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले शेर बहादुर देउवा नेतृत्वको बर्तमान सरकारले जनताको ढाड सेक्ने गरि बढाएको प्रटोलियम पदार्थको मुल्य तुरुन्त फिर्ता लिनुको विकल्प नरहेको बताउदै जनताको शान्तिपुर्ण आन्दोलनमा प्रशासनीय शक्तिको आडमा बल प्रयोग गरेर दमन गर्न खोज्नु आफुहरुलाई शौय नभएको बताउदै आबश्यकता परेको खण्डमा क्रान्तिकारी मान्छे भुमिगत शैलीमा जनताको पक्षमा आफुहरुले डिढतापुर्बक आन्दोलन गर्ने बताए । 

जनताको आन्दोलनलाई कसैले पनि रोक्न नसक्ने बताउँदै जनताको आन्दोलनको जहिले पनि बिजय हुने बताउदै कसैले आफुहरुलाई दुईचार घण्टा गिरफ्तार गरेर जनताको आन्दोलन नरोकिने बताउदै प्रशासनले शासकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए नेता खड्काले आफुहरु राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको बताए कार्यक्रममा युबा सगठनका जिल्ला उपाध्यक्ष सुनिल नेपालीले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि तुरुन्त फिर्ता लिनुपर्ने बताए ।

 

 कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो कार्यक्रममा प्लेट कार्य समेत प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्