अर्घाखाँचीमा केन्द्रीय प्रतिनिधिसभा चुनाब ०७९ काे पुर्ब अनुमान: गठबन्धन २८ हजारको फरक मतले बिजयी हुने देखिन्छ

| २०७८ माघ २० गते १९: १४ मा प्रकाशित

देब बहादुर खड्का। ०७४ काे अर्घाखाँची काे विभिन्न राजनितिक दलहरुले समानुपातिक मत निम्नप्रकार रहेकाे थियाे।

 १)नेपाली काङ्ग्रेस-३२,०००/करिब

 २)एमाले-३०,०००/करिब

 ३)माओंबादि केन्द्र-१४,८००/करि

 ४)राष्ट्रिय जनमाेर्चा-५,७००/करिब

 तेतिखेर चुनाब जितेका टाेपबहादुर रायमाझी काे मत ५२,०००/करिब थियाे।उहाँका प्रतिद्वन्दी डा.राम बहादुर बि.सि काे मत ३२,०००/करिब थियाे।करिब २०,०००/फरक मतले बाम गठबन्धन का टाेपबहादुर रायमाझी ले चुनाब जितेका थिए।

अब हुने ०७९ काे प्रतिनिधि सभा चुनाबमा परिस्थिति धेरै फेरबदल हुने देखिन्छ।अब हुने चुनाबमा एमाले एक्लै चुनाब लड्ने र नेपाली काङ्ग्रेस,माओबादी केन्द्र,एकीकृत समाज बादी,र राष्ट्रिय जनमाेर्चा गठबन्धन गरेर चुनाब लड्ने देखिन्छ।

 यदि यस्ताे गठबन्धन भयाे र चुनाब लडियाे भने,गठबन्धन कारि सक्तिहरुकाे मत सङ्ख्या ५२,०००/क्रसगर्ने देखिन्छ।अर्काे तिर एमालेकाे ३०,०००/समानुपातिक मत पार्टी फुटेर बिभाजित छ।एमाले फुटेर एकीकृत समाजबादी पार्टी बनेकाे पार्टी ले अर्घाखाँचीमा करिब ५ देखि ६ हजारकाे मत खस्काइ दिन्छ,भने माओबादी बाट एमालेमा गएका मत ४ देखि ५ हजार हुनसक्ने देखिन्छ।३०-६=२४०००/हुन्छ भने।२४+५ माओबादी बाट गयका जाेड्दा=२९०००/देखिन्छ।अनि त्यहाँ दसभाइ असन्तुष्ट छन् उनिहरुबाट अन्तरघात करिब ४,०००/जतिकाे हुनसक्छ।२९-४=२५,०००/एमालेकाे मत देखिन्छ।

 गठबन्धन तर्फ ने.का काे ३२,०००/माअेबादीकाे ९,८००/समाजबादीकाे ६,०००/राष्ट्रिय जनमाेर्चाकाे ६,०००/गर्दा करिब ५३,०००/मत हुन जान्छ। यसरी करिब ५३,०००/-२५,०००/=२८,०००/काे फरक मतले गठबन्धन बिजयी हुने देखिन्छ।

अहिले जुन दाैडधुप गरेर साम,दाम,दण्ड,भेद प्रयाेग गर्दै एमाले ले २/३ सय मत बढाउने काेसिस गरेकाे छ।त्यसकाे कुनै अर्थ नलाग्ने देखिन्छ ०७९ काे प्रतिनिधि सभा चुनाबमा।नेपाली मा एउटा उखान छ" फिनि चाेरियकाे थाह छैन गाै का गेडा गन्ने"उखान साबित हुने देखिन्छ याे चुनाबमा!

यो पुर्ब अनुमान गरिएको लेख देब बहादुर खड्का को फेसबुक वाल बाट जस्ताको तस्तै साभार गएको हो। 

प्रतिक्रिया दिनुहोस्