अर्घाखाँचीमा सुक्रवार ३१ जना कोरोना संक्रमित निको: थप ३ जनामा कोरोना पुष्टी

| २०७८ माघ २१ गते १९: ४७ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा सुक्रवार ३१ जना कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १४ जना,भुमिकास्थान नगरपालीकाबाट ६ जना,शितगंगा नगरपालीकाबाट ७ जना,मालारानी गाउँपालीकाबाट १ जना र पाणिनी गाउँपालीकाबाट ३ जनागरी ३१ जना संक्रमित निको भएकाछन । 

यससंगै जिल्लामा हालसम्म ४ हजार ६ सय ५१ जनाले कोरोनालाई जितेका छन । यस्तै सुक्रवार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय ९५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १५१ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ९१ जना, भुमिकास्थान नगरपालीमा ८ जना, शितगंगाा नगरपालीकामा १९ जना, मालारानी गाउँपालीकामा ७ जना,पाणिनी गाउँपालीकामा २१ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ९३ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्