प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौँ जिल्ला अधिवेशन सम्पन्न आज शुरु

| २०७८ माघ २४ गते १८: ०८ मा प्रकाशित

गणेश खनाल अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौँ जिल्ला अधिवेशन सम्पन्न आज शुरु भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको मदन आश्रीत भवनमा जारी अधिबेशनको खुल्ला सत्रलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती तथा एमाले केन्द्रिय सचिव टोपबहादुर रायमाझीले पत्रकारहरुमा अरुमा भन्दा विशेष जागर र उत्साह आवश्यक रहेको बताउनु भएको छ ।  प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाको अधिवेशनलाई सम्बोधन गर्दै रायमाझिले बिचारको आधारमा होइन बिषयका आधारमा समाचार लेख्न आग्रह गर्नुभएको हो । सङ्क्रमणकालिन स्थितिमा ईतिहास देखिनै पत्रकारहरुले महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै रायमाझिले अहिले पनि देश जोगाउने अभियानमा लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

एमाले केन्द्रिय सचिव टोपबहादुर रायमाझी

 

आफुहरुले मेहनतका साथ शुरु गरेका योजनाहरु निरन्तर अगाडि बडेको भन्दै अर्घाखाँचीले छोटो समयमा उल्लेख्य बिकास प्राप्त गर्न सफल भएको बताउनुभएको हो । राम्रो कामलाई राम्रो र नराम्रो कामलाई गलत भन्न सक्नेगरी लेखनसिपको बिकास गर्नुपर्ने बताउनुभएको छ । फरक प्रशङ्गमा नेता रायमाझिले सत्तापक्षले प्रतिपक्षीलाई आरोप लगाएर उम्किने सत्ता पक्ष नेपालमा मात्र भएको भन्दै यसको कारण सबैले एमालेको डर मानेको बताउनुभएको हो । 

अधिबेशनमा मन्तब्य राख्दै कार्यक्रमका बिशिस्ट अथिती नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र खड्का उज्ज्वलले कृयाशिल पत्रकारहरुको जिम्मेवारी र लेखन दायित्व भुल्न नहुनेमा जोड दिनुभएको छ । 

वास्तविकता र संचार माध्यम प्रती आएका गलत धारणा चिर्न जोखिम मोलेर समाचार लेख्ने  कार्य गरेका पत्रकार अन्तत सम्मानित हुने बताउनु भएको छ । यथार्थ चिर्नका लागि कलम चलाउन  सक्रिय हुन समेत पत्रकारहरुलाइ खड्काले आग्रह गर्नुभएको छ । अहिलेको परिवर्तनमा पत्रकारको ठूलो भुमिकाकै कारण  आएको भन्दै त्यसको मुल्यांकन पनि उच्वस्तरमा गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले खराब काममा खवरदारी र सहि , सत्य समाचार सम्प्रेषणको दायित्वबाट बिमुख नहुन पत्रकारहरुलाइ आग्रह गर्नुभएको हो ।  कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष इश्वरा पोख्रेल, उपसचिव शम्भु पोख्रेल, जिल्ला कमिटी सदस्य सीता बन्जाडे , सन्धिखर्क कमिटी अध्यक्ष श्रीकृष्ण  भुशाल  पत्रकार सहयोगी बि. सि.  प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी सद्स्य बिस्णु आले  लगायतको उपस्थिति रहेको थियो।

प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौँ जिल्ला अधिवेशन

 

 कार्यक्रममा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर खनाल , केन्द्रिय सदस्य गणेश खनाल , अर्जुन भुसाल , चौतारीका पुर्व जिल्ला अध्यक्ष पार्वता श्रेष्ठ , एमाले जिल्ला कमिटी सदस्य तिलक मिश्र लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रेस चौतारी नेपाल अर्घाखाँची आयोजक कमिटिका सदस्य बसन्त श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रमको अध्यक्षता संयोजक हिम जि. सि. लेकालिले गर्नुभएको थियो । कार्यक्रमको संचालन सह संयोजक सबिता आचार्यले गर्नुभएको हो ।अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्