नेताहरुले अर्घाखाँचीका जनतालाई चुनढुङ्गा उत्खनन बन्द गर्ने गुलिया बचन र भ्रम मात्र छरे : अझै रोकिएन चुनढुङ्गा उत्खनन कार्य

| २०७८ माघ २५ गते १६: ४० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न.७, नरपानी स्थित चुनढुङ्गा उत्खननको कारण स्थानीय स्तरमा जनताले सहन गर्नु परेको कष्ट र ब्यापक गुनासो संगै यस क्षेत्रमा तिब्र रुपमा फस्टाउँदो आकर्षण पर्यटकिय गन्तव्यलाई समेत भविष्यमा धोका पुग्ने संकेत स्पष्ट छ । यहाँको पर्यावरण संगै वातावरणीय  सन्तुलन दिन प्रतिदिन कमजोर बन्दै गएको छ। हरियाली बन-जङगल अहिले उराठ मरुभूमिमा परिणत भएको यथार्थ तितो सत्य हामी सामु स्पष्ट छ । तर यस विषयमा जिल्लाका सम्बन्धित निकाय राजनितिक दल, बुद्धिजीवी, पत्रकार, प्रशासन र जनतासग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिबाट पनि सिधा र सोझा जनताप्रती झुट भ्रम संगै अन्यायपुर्ण विश्वास घात भईरहेको छ। 

जिल्लाका प्राय: सबै राजनीतिक दलहरुलाई यस बारेमा प्रश्न गर्दा यो उत्खनन सरासर गलत र पर्यावरण र यहाँको भौगोलिक सुन्दरता माथिको कुरुप प्रहार भएको बताउछन। यसै सन्दर्भमा आफुहरु छिट्टै कडा कदम चाल्ने र यस उत्खनन बन्दको लागि उचित पहल गर्ने भने पनि त्यो साईत र दिन अहिलेसम्म पनि जुरेको छैन। 

केही दिन अगाडि टोपबहादुर रायमाझीले यस विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्बजनिक गर्ने बताए पनि, उनी आफ्नो वचनप्रती जिम्मेवार बन्न सकेका छैनन । प्रतिपक्षी सङ्ग  राजनीति चातुर्य गरे पनि जनताको प्रत्यक्ष सरोकार विषयमा यस्तो दोहोरो भुमिका खेल्नु आफैमा रहस्य र शंकास्पद कुरा हो। यदि यो उत्खनन अर्घाखाँचीको हितमा छ भने पनि जनताको अगाडि आएर स्पष्टीकरण दिन सक्नु पर्यो। हैन भने यस्तो भ्रम र जनतालाई झुटको आश्वासन दिनु के यो सामाजिक अपराध होइन र? 

जिल्लाको मुख्य नेता भएर आफ्नो प्रतिबद्धतामा खरो उत्रिन नसकनेबाट जिल्लाले के आसा गर्ने अब यो चुनावले मुल्यांकन गर्ला यो मुद्दा चुनावी राजनीतिक रुपमा उठाउन जनताप्रति आग्रह छ। अब जनताको सरोकारको विषयमा जवाफ छैन त भोट पनि छैन भन्नू पर्छ । यदि यो उत्खननको विषयमा टोपबहादुर रायमाझीले आधिकारिक धारणा दिन सक्दैन भने यो प्रकृति दोहनमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भागिदार रहेको बुझ्नुपर्छ।

यस्तै यस उत्खननको सन्दर्भमा अर्घाखाँची काङ्ग्रेसका सभापति र काङ्ग्रेसका सन्धिखर्क नगरपालिका सभापतिले आफुले छिट्टै यस उत्खननको निष्कर्ष दिने बताए पनि उहीँ एकादेशको कथा जस्तो भएको छ । आफुहरु यस उत्खननको प्रतिपक्षीमा रहेको र सुपादेरालीको संरक्षण र यहाँको भौगोलिक र पर्यटन प्रबन्धन सगै यहाँका पुरातात्त्विक र ऐतिहासिक क्षेत्रका लागि काङ्ग्रेसले प्रमुख भुमिका निर्वाह गर्ने बताए पनि, तै चुप र मै चुपमा सिमित छ । आफ्नो जाहेर गरेको प्रतिबद्धता पूरा नगर्न सक्नु आम सर्बसाधरण जनताको लागि दु:खद कुरा हो  । कतै काङ्ग्रेस पनि आन्तरिक रुपबाट प्रत्यक्ष - अप्रत्यक्ष रूपमा उत्खननको लागि सहयोग र आस्रय त दियको त छैन, भनिन्छ बरु सानो काम होस नेताको बोलि शुद्ध र सत्य होस। काङ्ग्रेसले पनि यस विषयमा प्रष्ट धारण प्रकट गर्नु पर्यो । यस्तो ढुलमुले नितिले जनताहरुमा व्यापक निराश छाएको छ । कतै यसमा आफनै नेता लिप्त भएकोले मुख नखोलेको हो कि? चुनाबमा मात्र हो जनताको बारेमा कुरा गर्ने अघि पछि त नेताको चाकडी र खुरापाती  यहि नीति त हैन कतै काङ्ग्रेस? प्रश्न सरल छ,।

केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले बडो तामझाम सङ्ग उत्खनन क्षेत्रमा पुगेर क्रान्तिकारी नारा र चर्का भाषण सहित आफ्नो झन्डा समेत गाडेर बन्द्को घोषणा गरि सम्पुर्ण अर्घाखाँची वासिको मन जिते पनि यो धेरै समय टिकेन । आफ्नो चटानी अडानमा कायम रहने नेपाल कम्युनिस्ट पार्टी पनि यस विषयमा कमजोर र फितलो बन्यो । एउटा जिल्लामा सामान्य अन्तर्त्रिया समेत गर्न सकेन । कम्युनिस्ट पार्टी पनि सजिलोसँग सेलायो। एउटा पहाड आफनो भौतिक अस्तित्वको लागी सम्पूर्ण अर्घाखाँची बासीसङ्ग चीत्कार गरेको छ । तर यहाँका सामाजिक  ठेकेदारहरुले मजाक र दोहोरो चरीत्रको खेती गरि रहेका छन। यी यस्ता कार्यले आफ्नो जनबिस्वासको मर्यादालाई समेत पालना नगरेको देखिन्छ।

एउटा भनाई छ द्लाल र पुजीवाद यति खतरनाक हुन्छ कि उसले कट्टरवादलाई पनि सखाप पार्छ अनि भौतिकवाद लाई पनि खर्लक्क निल्छ, सायद यहाँ यहि त भएको छैन। भनिन्छ खोक्रो आदर्शवाद भन्दा बैमान सत्य ठिक ।

अन्य राजनीति दल जनमोर्चा, माओवादी , समाजबादी लगायत सबैले आफ्नो कुनै समर्थन नरहेको, र यो उत्खनन कुनै पनि दृष्टिकोणबाट जाहेज नभएको बताए पनि, स्थिर र मौन रहनुले थुप्रै प्रश्न उब्जाएको छ। मिलिभगत सेटिङ्ग त छैन वा भनिन्छ सामाजिक अन्यायका विरुद्ध मौन बस्नु पनि समर्थन गर्नु हो। जनताप्रतिको उत्तरदायित्वमा उदासिन बन्नु ठूलो सामाजिक अन्याय हो।

प्रतिक्रिया दिनुहोस्