सन्धिखर्क नपाद्वारा व्यवसायीक कृषकलाई विद्युतीय घास काट्ने मेसिन र प्रेसर वासर

| २०७८ माघ २५ गते १६: ५५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक पशुपालक कृषकहरुलाई विद्युतीय घास काट्ने मेसिन तथा प्रेसर वासर वितरण गरेको छ। व्यवसायीक पशुपालनमा लागेका कृषकहरुलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन घास काट्ने मेसिन तथा भकारो सफा गर्न प्रेसर वासर वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भु्सालले बताएका छन्।

नगरपालिका भित्रका १२ वडाका १२ जना कृषकहरुलाई च्याप कटर तथा प्रेसर वासर २३ जना कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो। ७५ प्रतिशतमा घास काट्ने च्याप कटर तथा भकारो सफा गर्न प्रेसर वासर पाएपछि स्थानीय कृषकहरु खुशी भएका छन्। 

छिटो छरितो काम सम्पन्न गरी कृषकहरुले पालन गरेका पशुहरुबाट दुध तथा मासु उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले चयाप कटर र प्रेसर वासर मेसिन वितरण गरिएको हो।  कृषकहरुको मागका आधारमा स्थलगत अनुगमन गरी व्यवसायीक पशुपालक कृषकहरुलाई सामाग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। 

कृषि पेशालाई प्रविधिमैत्री बनाउदा कम समयमा उत्पादन बढी हुने उत्पादन बढी हुनेभएपछि आम्दानी बढ्ने जस्का कारण आर्थिक समृद्धि गर्ने उद्धेश्यका साथ कृषि र पशुपालनलाई पहिलो पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगर उप प्रमुख ठाकुर कुमार बिकले बताए। आर्थिक उपार्जन भएपछि घर परिवारमा खुशीयाली पनि छाउने बिकको भनाई छ। 

७५ प्रतिशतमा घास काट्ने च्याप कटर तथा भकारो सफा गर्न प्रेसर वासर पाएपछि स्थानीय कृषकहरु खुशी भएका छन्। व्यवासयीक पशुपालन गरिरहेका कृषकहरुलाई अनुदानमा विभिन्न सामाग्री दिएकोमा आफूहरुलाई सहयोग तथा हौसला प्राप्त भएको सन्धिखर्क-८ किमडाडाका कृषक नेत्र पराजुलीले बताए। 

सन्धिखर्क नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल, वडा नम्वर १ का कार्यबहाक वडा अध्यक्ष लक्ष्मण पराजुली, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइ, पशु शाखाका विजय खनाल लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्