अबको चुनावमा एमालेले धेरै ठाउँ जित्छ : विकास र समृद्धिको काम एमालेबाट मात्रै संभव: टोपबहादुर रायमाझी

| २०७८ माघ २५ गते १९: ३८ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची।नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट देशलाई समृद्ध पार्नुपर्ने बतँए । उनले विकास र समृद्धिको काम अब एमालेबाट मात्रै संभव भएको बताए ।

एमाले केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानका दिवंगत पिता खिमानन्द न्यौपानेलको श्रद्धाञ्जली कार्यक्रम पाणिनि ५ अमजामा बोल्दै रायमाझीले आगामी सबै चुनावमा एमालेले धेरै ठाउँ जित्ने बताए ।

मुलुकको बिकास र समृद्धि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै आगामी निर्वाचनमा एमालेले अत्यधिक ठाउँमा बिजय प्राप्त गर्ने दावी गरे । पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले दिवंगत न्यौपाने नेकपा एमालेको असल अभिभावक भएको भन्दै उहाँको निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताए । स्वर्गीय न्यौपानेले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै देश र जनताले उहाँको योगदानको स्मरण गरिरहने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य बिमला घिमिरेले नेकपा एमालेको पक्षमा व्यापक जनलहर देखेपछि सरकारी गठबन्धन झस्किएको बताए । उनले नेकपा एमालेको दबाबका कारण सत्ता गठबन्धन चुनाव गराउन बाध्य भएको भन्दै जनताले सत्ताधारी गठबन्धनलाई चुनावमा ठेगान लगाउने दावी गरिन । राष्ट्रिय सभाका सदस्य समेत रहेकी घिमिरेले दिवंगत न्यौपानेले समाज रुपान्तरण र बिकासमा पुर्याउनु भएको योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै उहाँका अपुरा सपना पार्टीले पूरा गर्ने दृढता समेत प्रकट गरिन ।

नेकपा एमालेका नेता जिवलाल घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,बलराम अधिकारी ,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,ईन्द्रमणी पौडेल ,कासिराम बेल्बासे,लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल,क पिलवस्तुका अध्यक्ष डम्बर शर्मा, एमाले नेता प्रेमनारायण गैरे लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु , अर्घाखाँची र कपिलवस्तु जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु एवं ठुलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

१९९८ सालमा जन्मनु भएका न्यौपानेको यही माघ १९ गते ८१ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्