अर्घा भगवती विमानस्थलमा फाल्गुन ३ गते माथि मात्र विमानस्थलको अवलोकन गरि ट्विनेटर विमान अवतरण गराईने : निर्माण व्यवसायी कविराम खनाल

| २०७८ माघ २६ गते १७: ३५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको एक मात्र निर्माणाधीन अवस्थामा रहेको अर्घा भगवती विमानस्थल निर्माण व्यवसायी कविराम खनालले आफुले लिएको टेण्डर अनुसार सम्पूर्ण कार्य सम्पन्न गरेको अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन्। 

आफुले लिएको टेन्डर अनुसार जे जति विमास्थलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने हो त्यस कार्यमा आफुले कुनै पनि कसुर न राखेको खनालले बताएका छन्। 

तर ट्विनेटर विमान(सानो जहाज )अर्घा भगवती विमानस्थलमा अवतरण गराउँन निर्माण व्यवसायी कविराम खनालले आफुले लिएको टेण्डर पूर्ण रुपमा सम्पन्न गरेता पनि जहाज अवतरण गराउँने सम्बन्धित निकायले फाल्गुन ३ गते माथि मात्र  विमानस्थलको अवलोकन गर्ने र ट्विनेटर विमान अवतरण गर्न विमानस्थलको निर्माण कार्य सम्पन्न भएको खण्डमा ट्विनेटर विमान परिक्षणका लागि अवतरण गराउँने खनालले जानकारी दिएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्