एमसिसि विरुद्ध अर्घाखाँचीमा विप्लब नेतृत्वको नेकपा सहित तिन दलको विरोध प्रर्दशन

| २०७८ माघ २६ गते २०: २७ मा प्रकाशित

अनिल नेपाली,अर्घाखाँची ।एमसीसी सम्झौता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ३ दल र दुई मोर्चाले आज अघांखाँचीको सन्धिखर्कमा कोणसभा सम्पन्न गरेका छन् । सन्धिखर्कमा आज बुधवार विप्लब नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टी नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुको एमसिसी विरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।                                                                                                                                     

देशभरी चर्चा चलिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिकास परियोजनाको बारेमा विरोध प्रर्दशन गदै अर्घाखाँचीको जिल्लाको भक्तिटोला चोकबाट विभिन्न नारा लगाउदै बजार परिक्रममा गरेर शान्तिबर्गैचामा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेर बहादुर बि.सी. ले देशको आन्तरिक ब्यबस्थामा खलल पुर्याउने , नेपालीहरुको स्वतन्त्र अस्मितामाथी खेल्वाड गर्ने किसिमका कुनै पनि सन्धी सम्झौता लागू गर्न नहुने बताए । एम सि सि परियोजनाको राष्ट्रिय जनमोर्चाले शुरु देखिनै बिरोध गर्दै आएको स्पस्ट पार्दै बि. सी. ले नेपालको आफ्नो संविधान र राष्ट्रिय स्वतन्त्रता भन्दा कुनै पनि सन्धी सम्झौता ठूलो नहुने दावी गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पाटिका जिल्ला सेक्रेटरी खेम घर्ति मगरले बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपाली यसको विरोध गनुपर्ने बताउदै नेपालको सबिधान र आफ्ना नागरिक भन्दा एमसिसि माथि हुन नसक्ने बताउदै यसको प्रत्येक नेपालीले विरोध गनुपर्ने बताए ।

बिरोध कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल , नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी टकमान राउत ज्वाला देशभक्त गणतन्त्र पार्टी अर्घाखाँचीका प्रतिनिधि अशोक खनाल लगायतले मन्तब्य राख्दै एम. सि. सि. सम्झौताको खुलेर सबैले विरोध गनुपर्ने बताए । कार्यक्रमको सञ्चालन नेकपा नेता नविन खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्