अर्घाखाँचीमा बुधवार ९ जनामा कोरोना संक्रमण पुष्टी, २८ जना निको

| २०७८ माघ २७ गते १८: ०९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना र शितगंगा नगरपालीकामा ७ जनागरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९ सय २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट १६ जना, शितगंगा नगरपालीकाबाट ९ जना,मालारानि गाउँपालीकाबाट २ जना र छत्रदेव गाउँपालीकाबाट १ जना गरी २८ जना संक्रमित निको भएकाछन । यससंगै जिल्लामा हालसम्म ४ हजार ७ सय ३९ जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ९० जना सक्रिय संक्रमित रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५२ जना, भुमिकास्थान नगरपालीमा १० जना, शितगंगाा नगरपालीकामा १२ जना, मालारानी गाउँपालीकामा ४ जना,पाणिनी गाउँपालीकामा ११ जना र छत्रदेव गाउँपालीकामा १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ९३ जनाको ज्यान गएको छ ।

कोरोना विवरण 

 

प्रतिक्रिया दिनुहोस्