अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या घट्दो : थप ४ जनामा कोरोना संक्रमण पुष्टी

| २०७८ माघ २७ गते २१: २८ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँचीमा विहीवार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना र शितगंगा नगरपालीकामा १ जना,भुमिकास्थान नगरपालिका १ जना ,मालारानी गाउँपालिका १ जना,छत्रदेव गाउँपालिका १ जना गरी जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९ सय २६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २२ जना, शितगंगा नगरपालीकाबाट ३ जना,मालारानि गाउँपालीकाबाट ० जना र छत्रदेव गाउँपालीकाबाट ० जना भुमिकास्थान बाट २ जना ,पाणिनी बाट ४ जना गरी ३१ जना संक्रमित निको भएकाछन । यससंगै जिल्लामा हालसम्म ४ हजार ७ सय ७० जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ६३ जना सक्रिय संक्रमित रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३१ जना, भुमिकास्थान नगरपालीमा ९ जना, शितगंगाा नगरपालीकामा १० जना, मालारानी गाउँपालीकामा ५ जना,पाणिनी गाउँपालीकामा ७  जना र छत्रदेव गाउँपालीकामा १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ९३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्