अर्घाखाँचीमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी:५४ जना उपचाररत

| २०७८ माघ २८ गते १८: ०५ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँचीमा शुक्रवार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ० जना र शितगंगा नगरपालीकामा ६ जना,भुमिकास्थान नगरपालिका ० जना ,मालारानी गाउँपालिका १ जना,छत्रदेव गाउँपालिका ० जना गरी जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९ सय ३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ९ जना, शितगंगा नगरपालीकाबाट ० जना,मालारानि गाउँपालीकाबाट १ जना र छत्रदेव गाउँपालीकाबाट ० जना भुमिकास्थान बाट १ जना ,पाणिनी बाट ४ जना गरी  १५ जना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ७ सय ८५ जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५४ जना सक्रिय संक्रमित रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २२ जना, भुमिकास्थान नगरपालीमा ८ जना, शितगंगाा नगरपालीकामा १५ जना, मालारानी गाउँपालीकामा ५ जना,पाणिनी गाउँपालीकामा  ३ जना र छत्रदेव गाउँपालीकामा १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ९४  जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्