के सुपादेउराली नरपानीको मरुभूमिमा पनि हरियो रङ्ग हो सन्धिखर्क नगरपालिकाको ?

| २०७८ फागुन १ गते १६: ०५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।  कहिले काहीँ समाचार विषयवस्तु  असान्दर्भिक र अनेपेक्षित हुदा हुँदै पनि विशेष प्राथमिकतामा पर्दछन, त्यस्तै आज सन्धिखर्क नगरपालिकाले आफ्नो संकल्पना अथवा आज कुनै दिव्य स्वप्न अनुरुप स्मार्ट नगरपालिका, ग्रीन नगरपालिका, वातावरण मैत्री नगरपालिका यस्तै धारणा अनुरुप आज सन्धिखर्क नगरपालिकाले हरियो रङ्ग लगाउनेलाई १०% आर्थिक सहायता दिने घोषणाले सामाजिक संजाल निकै तातेको छ। र सन्धिखर्क नगरपालिकाको यस्तो घोषणाप्रती खुलेरै कडा र कट्टु आलोचना भएको छ। सन्धिखर्क नगरपालिका आफ्नो घोषणा र सार्वजनिक वक्तव्य  पर्यावरण संरक्षण र वातावरणीय  मैत्री विषयमा बोली र गराईमा आकाश जमिनको फरक छ । 

हो आजको संसारको सबै भन्दा ठुलो चुनौती र संबेदनसिल विषय भनेको पर्यावरण र प्रकृति हो तर यस विषयमा सन्धिखर्क नगरपालिका अलिकति पनि गम्भीर भने छैन, यहि सन्धिखर्क नगरपालिकाको वार्ड न. ७ मा विगत लामो समय देखि पर्यावरण र प्राकृतिक हरियाली नाग्गो फुस्रो र मरुभूमिमा परिणत हुने गरि भएको चरम दोहन चुनढुङा उत्खननप्रती आफ्नो कार्यकाल लगभग सकिसक्दा पनि एक शब्द मुख खोलेको छैन र नगरपालिका का आफ्ना कार्यक्रममा कहि पनि समाबेश गर्ने सकेको छैन। गुनासो र थाहा नभएर जाग्रुक गर्दा समेत सुनेको न सुनै गर्छन, पुर्ण बहिरो बनेको छ, भनिन्छ निदाएकोलाई जगाउन सकिन्छ तर नाटक गरेको लाई जगाउन सकिदैन त्यस्तै चाल छ नगरपालिकाको, खै माफिया र इन्द्र बानियाको कुन जादुले लठ्ठ छ सन्धिखर्क नगरपालिका, त्यतिबेला पर्यावरण र वातावरणको ख्याल किन नआएको होला। वरु केही तस्बिरहरुका अनुसार प्रत्यक्ष उपस्तिथि भएर यस पहाड र वरिपरिको वातावरण मरुभूमि बनाउन सहयोग गरेको स्पष्ट छ । 

अहिले पानी माथिको ओबानो बन्न  हरियो रङ्गमा आर्थिक सहायता  दिएको नाटक मञ्च रहेको छ। यदि वास्तविक रूपमा पर्यावरण र यस सन्धिखर्क नगरपालिकाको चिन्ता हुने थियो भने नगरपालिकामा बिकासका नाममा असारे बजेटले कति धेरै पप्राकृतिक दोहन र बिनास भएको छ। सुपादेउराली, नरपानीको अबस्था यति दयनीय बनेको छ। अब मरुभूमि बनाएर कृत्रिम हरियो रङ्ग लगाएर प्रकृतिको बिनासको असुल गर्न सकिदैन। यो त नगरपालिका  यति ठूलो सस्थाको अपरिपक्व र सँकुचित विचारको नमुना भयो। यस सन्धिखर्क नगरपालिकाले आफ्नो चेतनाको बिर्को समयमै उघारोस। वातावरण  मैत्री धारणा र कागजी र झारा टारे जस्तो प्रक्रियाले पुगदैन , त्यसको लागि कठोर कदम चाल्नु आवश्यक  हुन्छ। खाची, सुपादेउरालीमा भएको चुनढुङाले सन्धिखर्कको वातावरणमा अनुकूल प्रभाव पारेको छ त । 

के यो उत्खनन नगरपालिकाको दृष्टिकोणमा वातावरण  अनुकुल छ ? यो अहिले को नीति त अपरिपक्व बच्चाको हरकत जस्तो भयो। हैन भने नगरपालिकाले सबैलाई एक-एक ओटा हरियो देखिने चस्मा वितरण गरे टन्टा साफ कमसेकम नगरपालिकाको गरिमालाई मजाक र ठट्टाको  बिषय नबनाईयोस ।

प्रतिक्रिया दिनुहोस्