नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र )सनपा २ द्वारा पार्टी कार्यलयको उदघाट्न

| २०७८ फागुन १ गते १७: २२ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
 फाल्गुन - १ नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगर कमिटी वडा न. २ ले एक कार्यक्रम का बिच पार्टी कार्यलयको उदघाट्न गरेको छ।

माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य कमला भन्डारी भुसाल को प्रमुख आतिथ्यता मा बिधिबत रिवनकाटी कार्यलय को उदघाट्न गरिएको छ उदघाट्न कार्यक्रम मा नगर कमिटी का उपाध्यक्ष कृष्ण हरि भुसाल, सीता श्रीपाली, सचीव बालकृष्ण आचार्य तथा वडा कमिटी का अध्यक्ष रामु केसि लगायत वडा कमिटीका  पदाधिकारी  सदस्य हरुको उपस्थित रहेको थियो वडा कमिटी  अध्यक्ष रामु केसी को अध्यक्षता मा सम्पन्न कार्यक्रम को संचालन वडा कमिटीका  सचीव श्याम केसिले गरेका थिए ।

 यसै बिच २७ औं जनयुद्ध दिवसको  अबसर पारी माओबादी केन्द्र  अर्घाखाँचीले आइतबार आफ्ना पार्टी कार्यालय स्थापना नभएका वडा हरुमा एकै साथ पार्टी कार्यालय हरु स्थापना गर्न  लागेको पार्टी जिल्ला संयोजक ठाकुर कुमार बिक ले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्