एमसीसी विरुद्ध नेकपा (एस) अर्घाखाँचीका जनवर्गिय संघठननद्वारा विराेध प्रदर्शन

| २०७८ फागुन १ गते १८: ५५ मा प्रकाशित

                                                                (तस्विरः नविन रसाइली)

हृदय भुसाल अर्घाखाँची । सता साझेदार पार्टी नेकपा एकीकृत (समाजबादी )निकट अर्घाखाँचीका जनबर्गिय संघठनले आईतवार अमेरिकी सहयोग नियोग (एमसिसि) सम्झौताको विरुद्धमा सन्धिखर्कको शान्ति बगैंचामा बिरोध प्रदर्शन गरेका छ्न । आज पार्टीका भातृ सङ्गठनले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका नारा लगाएका थिए । जनसंगठनहरुको नारा लगाउदैँ बजार परिक्रमा गरि शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले एमसिसि सम्झौता रास्ट्रघाति परियोजना भएकोले कुनै हालतमा खारेज हुनुपर्ने बताउनु भयो ।अध्यक्ष चौहान जस्तो सुकै मूल्य चुकाउन परे पनि जनबिरोधि रास्ट्रघाति सम्झौताको सबै तहबाट सशक्त बिरोध गरिने बताउनु भयो । जनताको भावना बिपरित अगाडी बढ्न खोजिए सबै खालको आन्दोलन अगाडी बढाउन पार्टी बाध्य हुने अध्यक्ष चौहानले बताउनु भयो ।

कोण सभालाई किसान महासंघका केन्द्रिय कमिटी सचीव तथा एकीकृत समाजबादीका जिल्ला पार्टी सचीव युबराज पौडेल अनेरास्ववियूका केन्द्रिय कमिटी सचीव नारायण शर्माले सम्बोधन गर्दै जनताको भावना बाहिर गयर गरिने सबैखालका कार्यको सशक्त बिरोध गरिने बताउनु भयो ।source- presslumbini

प्रतिक्रिया दिनुहोस्