अर्घाखाँचीमा सोमवार थप ४ जनामा कोरोना संक्रमण पुष्टी: ३ जना डिस्चार्ज ,४८ जना उपचाररत

| २०७८ फागुन २ गते १८: ०० मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँचीमा सोमवार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा  ० जना र शितगंगा नगरपालीकामा ३ जना,भुमिकास्थान नगरपालिका १ जना ,मालारानी गाउँपालिका ० जना,छत्रदेव गाउँपालिका ० जना र पाणिनी गाउँपालिकामा ० गरी जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९ सय ४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३ जना, शितगंगा नगरपालीकाबाट ० जना,मालारानि गाउँपालीकाबाट ० जना र छत्रदेव गाउँपालीकाबाट ० जना भुमिकास्थान बाट ० जना ,पाणिनी बाट ० जना गरी जम्मा ३ जना संक्रमित निको भएका छन । यससंगै जिल्लामा हालसम्म ४ हजार ८ सय २ जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ४८ जना सक्रिय संक्रमित रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १३ जना, भुमिकास्थान नगरपालीमा ६ जना, शितगंगाा नगरपालीकामा १९ जना, मालारानी गाउँपालीकामा ५ जना,पाणिनी गाउँपालीकामा ४ जना र छत्रदेव गाउँपालीकामा १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ९४  जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्