लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको अध्यक्षमा तारापति क्षेत्री

| २०७८ फागुन २ गते १९: ४२ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
फागुन २- लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशन तारापति क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा खेमराज पोख्रेल ,सचिव राजेन्द्र पौडेल ,सहसचिव ऋषिराम भुसाल र कोषाध्यक्षमा गिता भुसाल निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा शोभाकला पोख्रेल ,राधा सुनार,पवित्रा भट्टराई ,कमला नेपाली ,गंगादेवी भुसाल ,अजय पोख्रेल ,मनकला पौडेल र गणेश पन्थी चयन हुनुभएको छ । 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको निम्ति राज्यको ध्यानाकर्षण गराउनु भयो । उहाँले अपाङ्ग मैत्री कानुन निर्माण भएपनि कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिहरु अधिकार बाट बन्चित हुनुपरेको भन्दै कानुन कार्यान्वयनको पक्षमा जोडदिनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मुलुकमा राजनीतिक परिवर्तन भएपनि अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई सुरक्षित महसुस गर्न नसकेको बताउनुभयो । उहाँले अपाङ्गता हुनु रहर नभई बाध्यता भएको र जुनसुकै व्यक्ति जुनसुकै समयमा अपाङ्गता हुन सक्ने भन्दै उनिहरुको अधिकार सुनिश्चितताको पक्षमा दृढता पुर्वक उभिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले राज्यका हरेक निकायमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता सुनिश्चित गरिनुपर्ने बताउँदै नेकपा एमाले सधैंव सहयोगका लागि तत्पर रहेको धारणा राख्नुभयो ।

लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता र कमला परियारको संचालनमा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका लुम्बिनी प्रदेश सहसचिव सावित्रा घिमिरे ,नेकपा एमालेका जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,एमाले सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,भुमिकास्थान नगरकमिटीका अध्यक्ष मणि पौडेल ,जिल्ला कमिटी सदस्य सफि मियाँ ,लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष सागर घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्दै  अपाङ्गता भएका व्यक्तिको पक्षमा आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्