अर्घाखाँची एमालेमा प्रवेशकाे लहर ,आगामि निर्वाचनमा एमाले पहिलाे दल : टोपबहादुर रायमाझी

| २०७८ फागुन ३ गते १८: २२ मा प्रकाशित

गणेश खनाल।नेकपा एमाले अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेकाे लहर चलेकाे छ । पछिल्ला २ महिनामा मात्रै झन्नै एकहजार मानिस एमालेमा प्रवेश गरेका छन् । आज  जिल्लाकाे छत्रदेव गा.पा. ८ काे कुटिका चाैर देउरालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा विप्लवका १९ घर परिवार एमालेमा प्रवेश गरेकाे जिल्ला अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयाे ।  

कार्यक्रममा नेकपा एमाले  केन्द्रीय  सचिव  टाेप बहादुर  रायमाझीले देशभर नेकपा एमालेमा प्रवेशकाे लहर चलेकाे बताउदै आगामि निर्वाचन एमाले पहिलाे दल बन्ने दावि गर्नुभयाे । 

जिल्लाकाे विकासमा काफि काम भइरहेकाे बताउदै,याेजनालाइ निरन्तरता दिदै राेजगारीलाइ प्राथमिकतामा राखेकाे बताउनुभयाे । केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वलले  बतर्मान सरकारले जनप्रिय काम गर्न नसकेकाे बताउदै पछिल्ला सत्ताघटक दलका नेता तथा पार्टीका गतिविधिले जनतामा निराशा पैदा गरेकाे बताउनुभयाे । फेरि पनि जनताले नेकपा एमालेकै सरकार चाहिरहेकाे बताउनुभयाे ।

नवप्रवेशिहरूलाइ केन्द्रीय सचिव रायमाझी,जिल्ला इन्चार्ज  उज्ज्वल ,जिल्ला अध्यक्ष  भुसाल लगाएले स्वागत गर्दै खादा अविर बाट सम्मान गरी पार्टी प्रवेश गराउनुभएकाे छ ।

कार्यक्रममा नेकपाएमाले प्रदेश सदस्यहरू प्रकाश ज्ञवाली,लिला जिसि,जिल्ला सदस्यहरू नरेन्द्र बस्नेत,माधव बस्नेत,रूपा प्रधान,कृष्णप्रसाद फुल्लेल,नेताहरू चेतन विक,हुमलाल पाण्डे ,केशबहादुर घर्ती लगाएतकाे उपस्थिति रहेकाे थियाे । 

 विष्णु पाैडेललकाे सञ्चालन,गाउँपालिका सचिव तेजप्रसाद खनालकाे अध्यक्षता, रूपा पाण्डे प्रधानकाे स्वागत मन्तव्यमा कार्यक्रममा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्