अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन

| २०७८ फागुन ३ गते २१: ५० मा प्रकाशित

गुरुदेव खनाल। नेपाल बन्दको मसाल जुलुस अर्घाखाँची जिल्लाले विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । बन्दको पुर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको हो ।

मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का ‘बारूद’ ले नेपाली जनताले बैदेशिक हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै भोलिको बन्दमा जनताले साथ दिने बताएका छन् ।

भोलि फाल्गुन ४ गते अर्थात बुधबार देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने, शिक्षण संस्था, उद्योगधन्दा कलकारखाना पुर्ण रूपमा बन्द रहने नेकपा अर्घाखाँचीले जानकारी दिएकोछ ।

नेपाल कम्युनिस्ट पार्टीसहित ५ पार्टी र एक मोर्चाले संयुक्त  रूपमा फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्