शिक्षक संगठन सन्धिखर्कको बैठक सम्पन्न

| २०७८ फागुन ७ गते ०२: ०१ मा प्रकाशित

अर्घाखाँची।नेपाल राष्ट्रिय शिक्षक संगठन सन्धिखर्क नगर समितिको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकमा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुब के.सी.ले शिक्षकका अधिकार प्रति राज्य उदासीन भएको बताउनुभयो । उहाँले गणतन्त्रको स्थापनार्थ महत्त्वपूर्ण योगदान पुर्याउने शिक्षक समुदाय अझैसम्म पनि विभेदको शिकार भएको भन्दै अविलम्ब शिक्षकका माग पूरा गर्न राज्यको ध्यानाकर्षण गराउनु भयो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन सन्धिखर्क नगर समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता र सचिव विनोद भट्टराई को संचालनमा सम्पन्न कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष सीता बन्जाडे लगायतका शिक्षक नेताहरूको उपस्थित रहेको थियो । 

बैठकले फागुन १४ गते हुने नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ जिल्ला अधिवेशन सम्पन्न गर्नको निम्ति नगर स्तरबाट विभिन्न उपसमिति निर्माण गर्नुका साथै उक्त दिन उत्साहका साथ कार्यक्रममा सहभागी हुन शिक्षकहरुलाई आबह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्