सुपादेउराली मन्दिरको बार्षिक साधरण सभा राजनीतिक लेनदेनमा सम्पन्न: भेटीको चरम दुरुपयोग,मन्दिर नै काङ्ग्रेस र एमालेको साझा क्रिडा स्थल

| २०७८ फागुन ८ गते ०२: ३७ मा प्रकाशित

गुरुदेव खनाल।  सुपादेउरालीको बार्षिक साधरण सभा राजनीतिक लेनदेन मा सम्पन्न भएको छ। अर्घाखाँचीको एकमात्र बिश्वव्यापी हिन्दु आस्थाको शक्तिपिठ सुपादेउराली को बार्षिक साधारण सभा संगै कार्यकाल सम्पन्न भएर पनि लामो समय देखि चयन हुन नसकेको समिती गठन आज बार्षिक साधारण सभा बाट तत्कालको लागि केही सिमित ब्यक्ति एमाले र काङ्ग्रेसको कोटा बाट कार्यसमिति गठन चयन गरिएको छ।

 यस बिषयले यति पबित्र मानिसको आस्थमा पनि चरम राजनीतिक दुरुपयोग सगै आस्था र धर्म माथिको ठाडो राजनीतिक हस्तक्षेप भएको छ, यति प्रतिष्ठित गरिमामय सगै सनातन हिन्दु धार्मिक स्थलमा धर्म संस्कृति सम्बन्धी ज्ञान भन्दा पनि राजनीतिक भागबन्डा को अधारमा समिति चयन हुनु गन्भिर आपत्ति जनक र करोडौं हिन्दु भाबनामा चोट पुग्ने प्रकृतिको छ, के सुपादेउराली काङ्ग्रेस र एमालेको साझा पार्टी कार्यलय हो र भागबन्डा गर्ने, करौडौ हिन्दुको महान आस्था र धार्मिक भावना लाई कुनै राजनीतिक दलहरूले आफ्नो एजेन्डा चलाउने क्रिडा स्थल बनाउनु सम्पुर्ण हिन्दु भावना प्रती अपमान गर्नु हो। यति ठूलो र प्रतिष्ठित संस्थामा  अयोग्य र चरीत्रहिन ब्यक्तिहरु चयन गर्दा, मन्दिर प्रतिको उच्च आस्थामा समेत प्रतिकुल असर पर्दछ।

नेपालकै पहिलो सदाबहार दिनहु श्रद्दालु हरुले भिड हुने अनि मनोकामाना पुर्ण हुने अटुट बिश्वासको धरोहर सुपादेउरली श्रदालु र पर्यटकको पहिलो रोजाईको क्षेत्र हो सुपादेउरली, धरातलीय भुबनोट सगै यहाँको दृश्य अबलोकन सगै शितल पर्यावरण यहाको मुख्य आकर्षकको केन्द्र हो। करिब १४  बर्ष अघि श्री नरनारायण बाबाले यस मन्दिरको मर्मत जिर्णउद्दार गरे पछी सुपादेउरालिको महिमा अझ बढेर गएको हो।

 सुपादेउरली मा भक्तजन हरुले चढाउने भेटी नेपालका मुख्य धार्मिक स्थलहरुको सरोबर जति उठ्छ तर यो भेटी राम्रो सग सदुपयोग हुन सकेको छैन, भनिन्छ बिधालय र स्थानीय बिकास मा खर्च हुन्छ भने पनि त्यो प्रभावकारी रुपमा र यथार्थमा द्रुश्य नितान्त भिन्न छ, प्राय बिधालयमा राहतका शिक्षक छन, केही शिक्षक अनावश्यक नियुक्ति र शिक्षक पनि राजनीति भाउतोलमा हुने र टाठा बाठा का आफ्ना नजिकका मान्छे नियुक्ति गर्ने गर्दा, धर्म र आस्थाको भेटीको चरम दुरुपयोग भएको छ। मन्दिर संरक्षण समितिको नाममा बिधान भय पनि उक्त बिधानमा व्यापक क्रुटी रहेका छन।

उक्त संरक्षण समितिको गठन गर्दा काङ्ग्रेस र एमालेका सिमित ब्यक्तिहरुले मात्रै र अरु राजनीतिदलहरुलाई समेत बेवास्ता गर्दै गठन गरिएको बुझियको छ। उक्त मन्दिर संरक्षण समितिका कुनै पनि एक पदाधिकारीलाई सामान्य गायत्री मन्त्र सम्म को राम्रो ग्यान नभएको ले धार्मिक क्षेत्रको बिकास र मन्दिरको गरिमा लाई उच्च राख्छ भन्नू अन्धोले सपना देख्नु जस्तै हो। यस कार्यक्रममा नेता हरु मेयर उपमेयर र जिल्ला अधिकारी लाई आमन्त्रण गरे पनि उपस्थित भयका थियन, बिशेश कारणले उपस्थित हुन नसकेको बताय पनि, यस्तो अस्त ब्यस्त, र यति पबित्र स्थलमा यस्तो कमजोर समिति गठन गरेर पापको भागिदार नबन्नको लागि उपस्थिति नभएको हुन सक्छ। उक्त सभामा एमाले प्रदेश साम्सद रामजी घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थित भयका थिय। उनले धार्मिक र यहाको पर्यटन को लागि अथक प्रयास् गर्ने बताए पनि नजिकै प्रकृति दोहन र पर्यटनलाई नकारात्मक असर पर्ने चुनढुङाको बिषयमा एक शब्द बोलन सकेन, नेताको जिब्रो जता पनि पल्टिन्छ तर चुन ढुङ्गाको बिषयमा मात्र जाम लाग्छ र बक्य अडकिन्छ। देउरालिको वरिपरि पनि टाठा बाठाकै हालिमुहाली छ। धार्मिक क्षेत्रको बिकास बिसुद्द धार्मिक बिचारले हुनुपर्छ, सनातत हिन्दुरितिरिवाज ले। 

सुपादेउराली को संरक्षक समितिको अध्यक्षमा एमालेका फर्स बहादुर केसी र काङ्ग्रेसका गणेश बहादुर थापा आलोपालो हुने भद्र सहमतिमा भएको बुझिएको छ। धर्ममा बिश्वास नराख्ने कम्युन्ष्टहरु यसरी भाग खोज्दा र हास्यास्पद लाग्छ। समितिमा कमसेकम बेद पुराण, भागबत गिता जस्ता धार्मिक बिषयमा अध्ययन र उच्च ज्ञान भयको ब्यक्ति हुदा धर्म र आस्थामा न्याय मिल्ने थियो। सबै हिन्दुमा आस्था राख्ने सुपादेउराली को बिशुद्द धर्म भाबले संरक्षण को लागि चासो र सरोकार राख्न अपिल  गर्दाछौँ।

प्रतिक्रिया दिनुहोस्