नेपाली काङ्ग्रेस अर्घाखाँचीले गाउँ नगर टोल वस्ती जाऔँ

| २०७८ फागुन ८ गते १८: ५३ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क। नेपाली काङ्ग्रेस अर्घाखाँचीले गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔ भन्ने अभियानको एक कार्यक्रमकाबिच आईतवारदेखी सुरु गरेको छ । 

उक्त अभियानको तयारी, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको छत्रदेव गाउँपालिकाको वडा नम्वर १ र २ लाई लक्षित गरि खुर्सानडाडामा सम्पन्न भएको छ । कार्यक्रममा आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारीलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल भएको हो । 

कार्यक्रममा गाउँपालिका, वडा नम्वर १ र २ मा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा समेत छलफल भएको थियो ।  कार्यक्रममा वक्ताहरुले आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसरी निर्वाचित गराउने, पार्टीलाई कसरी संगठित र मजबुत बनाउने लगायतका विषयमा बृहत् छलफल गरेका हुन् । देशले काङ्ग्रेसलाई खोजेकाले अब काङ्ग्रेसबिना देशको विकास सम्भव नभएकाले 
गाउँवस्तीमा बस्ने समस्त नागरिकको बिचमा गएर उनिहरुको दु:ख सुखमा साथ दिनुपर्ने उनिहरुले धारणा राखेका थिए । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति द्वय बिष्णु प्रसाद भुसाल, बाबुराम पौडेल, महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल, जिल्ला सदस्य हरि प्रसाद खनाल, जिल्ला सदस्य तथा नेपाल महिला संघ छत्रदेव अध्यक्ष राधा पाण्डे, क्षेत्रीय सभापती राजेश कुमार पन्थी, पालिका सभापति प्रकाशराज पन्थी, उपसभापति शोभाखर न्यौपाने, नेपाल तरुण दल छत्रदेव सभापती नरेन्द्र पौडेल, वडा नम्वर १ का सभापती हरि भुसाल, २ का सभापती पिताम्बर भुसाल, सन्जय 
पाण्डे, साबित्रा पौडेल लगायतका वक्ताले आआफ्नो धारणा राखेका थिए । 

अन्तरक्रिया कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालको संयोजकत्वमा सम्पन्न भएको हो । यस्तै भोलि सोमबार छत्रदेव ३ को विहान ११ बजे बासपाटा र ४ को बल्कोट वि पि स्मृती भवनमा अन्तरक्रिया कार्यक्रम सन्चालन हुने सचिब खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्