अर्घाखाँचीमा एक महिनाको अवधिमै विभिन्न पार्टी परित्याग गरि १२ सय जना एमाले प्रवेश

| २०७८ फागुन ९ गते १४: ३१ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँचीमा एक महिनाको अवधिमै  विभिन्न पार्टी परित्याग गरि १२ सय जना नेकपा (एमाले) प्रवेश गरेको एमालेले जनाएको छ । 

नेकपा (एमाले) सन्धिखर्क नगरपालिका वडा नम्बर ७ को पार्टी वडा कमिटीको कार्यालय उदघाटन तथा पार्टी प्रेवेश कार्यक्रम स. न. पा. ७, फुदवाङ्गमा सम्पन्न भएको छ ।  कार्यक्रममा पुष्पा नेपाली, बिकाश केसी, सागर पौडेल र सुनिल केसीको नेतृत्वमा राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबाट २४ घर परिवार नेकपा (एमाले) मा प्रवेश गरेका हुन ।  एक महिनाको अवधिमै  विभिन्न पार्टी परित्याग गरि १२ सय जना नेकपा (एमाले) प्रवेश गरेको बताएका थिए । 


साथै प्रमुख अतिथिती पार्टी केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काले रिवन काटेर पार्टी कार्यालयको उदघाटन गर्दै नव प्रवेशिहरुलाई टीका लगाएर स्वागत गरेका थिए भने पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रासाद घिमिरेले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन ।

 कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, उप सचिव भिम केसी, जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य ध्रुव केसी, कृष्ण श्रेष्ठ तथा उपस्थित नगर कमिटी र वडा कमिटीका पदाधिकारी तथा सदस्यले नवप्रवेसीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमलाई प्रमुख अतिथि कमरेड चन्द्र बहादुर खड्का र अतिथिहरु रामजी प्रसाद घिमिरे र पिताम्बर भुसालले सम्बोधन गरेका हुन । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष चुरा बहादुर केसिको अध्यक्षता र पार्टी नगर कमिटी सचिवालय सदस्य लक्ष्मण कणेललको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्