अर्घाखाँची। बाघ हेर्न बर्दिया जाउ - पर्यटन प्रबर्द्धनमा सघाउ भन्ने मुल उदेश्य का साथ एक दिवसीय अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा Etdf का केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद भट्टराई उधोग बाणिज्य संघ अर्घाखाँची का बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल , नेपाल चेम्बर अफ कमर्स का प्रतिनिधि तारा बहादुर सुनार , होटल ब्याबसाही लुम्बिनी प्रदेश सदस्य खेतुलाल आचार्य बर्दिया स्थित ठाकुर बाबा नगरपालिका बर्दियाका होटेल ब्याबसायी अर्घाखाँची जिल्ला स्थित स्थानीय होटेल ब्याबसायी पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनाल लगायत को उपस्थित रहेको थियो ।
कार्यक्रम होटेल ब्याबसायी संघ अर्घाखाँची का अध्यक्ष मोहन सिंह ठकुरी को अध्यक्षता कोषाअध्यक्ष डिलाराम बन्जाडे को स्वागत तथा महासचिव बिष्णु प्रसाद बन्जाडे को संचालन मा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्