पार्टी भित्र बसेर कसैले अन्तरघात गर्ने सपना नदेखे हुन्छ ::काङ्ग्रेस जिल्ला सभापति केशब श्रेष्ठ

| २०७८ फागुन १५ गते १७: ५५ मा प्रकाशित

एसपी भुसाल। नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले ले काङ्ग्रेस पार्टि भित्र रहेर चुनाबका बेला अन्तरघात गर्ने कुरा  कहि कतै हुन नसक्ने बताउनु भएको छ  उहाले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबि अभियानमा लाग्न नेपाली काङ्ग्रेस अर्घाखाँची का नेता कार्यकर्ताहरु लाई निर्देसन दिनु भएको छ । 

नेपाली काङ्ग्रेस सितगङ्गा नगरपालिका वार्ड नम्बर ४ ले आयोजना गरेको गाउँ नगर बस्ति बस्ति जाउ नेपाली काङ्ग्रेस लाई जिताउ भन्ने मुल नारा सहित आयोजित  कार्यक्रम लाई सम्बोधन गर्दै सभापति  श्रेष्ठले नेपाली काङ्ग्रेस ले अर्घाखाँची का सबै स्थानिय तह जितेर देखाउने अभियानमा सबै नेताहरु गाउटोल बस्ति बस्तिमा सगठन निर्माण मा लागि रहेको बताउदै अर्घाखाँची जिल्लामा काङ्ग्रेस प्रबेस गर्नेको जनलहर बढेर गएको बताउनु भएको हो । उहाले काङ्ग्रेस सरकारको नेतृत्वमा मात्रै मुलुकमा बिकासले  परिवर्तनको मुहार फेरेको बताउदै काङ्ग्रेस लाई बहुमतले निर्बाचन जिताउन लाग्नका लागि तरुण युवा काङ्ग्रेस का नेता कार्यकर्ता  हरुलाई आग्रह गर्नु भएको छ । 

सभापति श्रेष्ठले पार्टीको तर्फबाट  तरुण युवाहरुलाई गर्न पर्ने सम्पुर्ण सहयोग  का लागि सदैव तयार रहेको बताउदै सगठनलाई चलाएमान बनाउन आग्रह गर्नु भएको हो  । कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला  सहसचिब कमल पौडेल नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सचिब छबिलाल पौडेल   काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी काङ्ग्रेस जिल्ला सदस्य बिस्नु पौडेल जिवा पौडेल  खुमराज घिमिरे  काङ्ग्रेस क्षेत्रीय सभापति हेमन्त बेल्वासे काङ्ग्रेस सितगङ्गा का सभापति मोहन पन्थि  काङ्ग्रेस का नेताहरु कुमार केसब सिह प्रदेस सदस्य राजेन्द्र केसि साबित्रा बेल्वासे काङ्ग्रेस नेताहरु  मोतिबहादुर बेल्वासे नारायण सिह बेल्वासे क्षेत्रीय सचिब चिन्तराज अधिकारी प्रदिप बेल्वासे कमानसिह दर्लामि  नगर सचिब चन्द्र मणि पौडेल स्थानिय काङ्ग्रेस का नेता कार्यकर्ताहरु को उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्