हाम्रो संस्कृति हाम्रो पहिचान हो,यसलाई बचाउनु हामी सबैको दायित्व हो : नेता घिमिरे

| २०७८ फागुन १७ गते २१: १४ मा प्रकाशित

गोपाल भट्टराई। लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले संस्कृतिमा धनि भएको देशले आर्थिक समृद्धि छिटो हासिल गर्ने बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्क-८ किमडाडामा नवनिर्मित शिवालय मन्दिरको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्रकृति र संस्कृतिले भरिपुर्ण मुलुक भएको उल्लेख गर्दै प्रदेश साम्सद घिमिरेले यिनको संरक्षण र सदुपयोगले  आर्थिक समृद्धिको लागि ठुलो टेवा पुग्ने बताउनुभएको छ ।

 नागरिकका सबै आवश्यकता पुरा  नभएपनि मुलुक अहिले विकासको नयाँ युगमा प्रवेश गरेको उहाँको दाबी छ । सन्धिखर्क-धारापानी हुँदै प्युठान पुगेको सडक पाल्पा हुँदै सल्यान जोड्ने प्रदेशको लक्ष्य अनुसार काम भैरहेको घिमिरेले जानकरी दिनुभयो । प्रदेशको गौरवको आयोजना अन्तरगत पर्ने यो सडक बिस्तार हुँदा अर्घाखाँचीको धार्मिक र पर्यटन विकासलाई मद्दत मिल्ने उहाँको विस्वास छ । आफुहरुले दिनरात नभनी जिल्लाको समग्र विकासका लागि काम गरेको भन्दै घिमिरेले अर्घाखाँचीको समृद्धिको निम्ति सबै तप्का सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले प्रकृति र संस्कृतीमा मानिस बढि खुसी हुने भन्दै यिनको संरक्षणमा पनि सबैले ध्यान दिन सुझाव दिनुभएको छ । 

मन्दिर निर्माण समिति अध्यक्ष गिरी प्रसाद सापकोटाको अध्यक्षता,तुवलाल सपकोटाको स्वागत मन्तव्य र पत्रकार अर्जुन भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा लालीगुरास महिला बचत तथा रिण सहकारी अध्यक्ष जनका बन्जाडे,सन्धिखर्क-८ का कार्यबाहक अध्यक्ष नारायण अर्याल र उद्योग वाणिज्य महासङ्घका पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्दै उहाँहरुले स्थानीयको अग्रसरतामा  मन्दिर निर्माण गरेर समाजलाई ठुलो गुन लगाएको भन्दै धन्यवाद दिनुभएको छ । मन्दिरलाई अझ विकास गर्न र नियमित संचालन गर्न आफुहरु सक्दो सहयोग गर्न तत्पर रहेको बचनपनि उहाहरुले दिनुभएको छ । 

१५ लाखको जनसहयोगमा स्थापना भएको ३ तलाको शिवालय मन्दिरको फिनिसिङ गर्दासम्म २५ लाख खर्च हुने अनुमान निर्माण समितिले गरेको छ । मन्दिर निर्माणमा सहयोग गर्ने जग्गादाता र चन्दादाताहरुलाई सम्मान समेत गरिएको आजको कार्यक्रममा बाजागाजा सहित शिवरात्रीको बिशेश पुजाआजा गरि स्थानीयले रमाइलो गरेका थिए । मन्दिर निर्माण काम सम्पन्न भएपस्चात स्थानीय पुजारीबाट दैनिक पुजा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्