अर्घाखाँची बाट काठमाण्डौ का लागि छुटेको यात्रुबहाक बस नरपानीमा ठुलो दुर्घटना हुन् बाट बाल बाल बच्यो

| २०७८ फागुन २९ गते १९: ३५ मा प्रकाशित

                                                  तस्विर - ज्वालामुखी बुलेटिन 

कमला थापा ,अर्घाखाँची। अर्घाखाँची देखि काठमाण्डौ का लागि छुटेको डिलक्स बस नरपानीको घुम्तीको ओरालोमा दुर्घटना मा परेको छ। 

लु २ ख २१५६ नम्बरको यात्रुबहाक बस को नरपानी नजिकै पुग्दा एक्कासि ब्रेक फेल भएपछी दुर्घटना भएको चालक ले बताएका छन्। बस चालकले उक्त बसलाई चतुराईंका साथ् सडकको कुना तिर लगेर नठोकेको भए ठुलो मानवीय क्षति हुने प्रत्यक्षदर्शी हरुको भनाइरहेको छ। 

चतुराईंका साथ् ठुलो मानवीय र भौतिक क्षति हुने दुर्घटना बाट बचाउँने चालकलाइ यात्रुहरुले उच्च सम्मान सहित प्रशंसा गरेका छन। 

प्रतिक्रिया दिनुहोस्