अर्घाखाँचीमा अखिल नेपाल किसान महासंघको १० औँ अधिवेशन सम्पन्न

| २०७८ चैत २ गते ०१: ३३ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची ।नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ अर्घाखाँची  गाउँकमिटीको आठौ अधिवेशन सम्पन्न भएको छ।

अखिल नेपाल किसान महाँसंघ अर्घाखाँचीका अध्यक्ष लक्षमण कडेलको अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दङ्गालको प्रमुख आतिथ्यता अधिवेसन सम्पन्न भएको थियो।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज खडका (उज्ज्वल)  केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला सह-इन्चार्ज चेत नारायण आचार्य,केन्द्रिय सल्लाहकार परिषद सदस्य लक्षमण रायमाझी,जिल्ला कमिटी सदस्य एवम अर्घाखाँची  जिल्ला अध्यक्ष पिताम्बर भुषाल,अखिल नेपाल किसान महासंघ केन्द्रिय निर्वाचन आयोग अध्यक्ष जाल्पा भुषाल,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जनार्धन खनालको आतिथ्यतामा आठौ अधिबेशन सम्पन्न भएको थियो।

कार्यक्रममा धारणा राख्दै किसानका हक हितका बारेमा चर्चा गर्दै विचौलियाहरु द्वारा किसानमा परेको समस्या न्युनिकरणमा जोड दिनु भयो। यस्तै नेपालको भुमिले कृषिक्रान्ति गर्ने मान्छे खोजेको तर युवाहरु भने विदेश तिर प्लायन भैरहेको कुरालाई लक्षित गर्दै कार्यक्रम केन्द्रिय स्तरका नेताले प्रशिक्षण सहित पार्टिलाई पनि बलियो बनाइन सबै लाग्नु पर्ने बताएका थिए। तेस्तै कार्यक्रममा बोल्दै चन्द्र बहादुर खड्काले नेपालमा २ ओटा भाइरस कोरोना भाइरस तेस्तै प्रचन्ड भाइरस हुन जता ततै फैलिएको छ बाहिरबाट प्रबेस गरेको भाइरस भन्दा नेपालमा ऐले फ्याट फुट्ट निस्केका झिना मसिना भाइरस आफै हराएरका छन स्वदेश मै व्यवसायिक कृषि पेसा अंङ्गाले आफू पनि स्वरोजगार हुन सकिने तथा देश समृद्धिको दिसामा अगाडि बढ्ने बताउँदै युवाहरु कृषिमा नै केन्द्रित भइ आफ्नो मुख्य पेसा बनाउन आग्रह गर्नु भयो ।

सोही अधिवेशनबाट लक्षमणको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल किसान महासंघ अर्घाखाँची गाउँकमिटी गठन गरिएको छ।

कार्यक्रममा सयौँ किसान तथा सुवेच्छुक महानुभावहरुहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले आगामी दिनमा हाम्ले जितेर नया ढङ्गले लैजाने बताएका छन। तेस्तै प्रमुख अतिथी दङ्गालले अब हामी किसानले आन्दोलन गर्ने किसान भत्ता र किसान पेन्सन बनाउन केन्द्रमा पहल भएको जानकारी गराउदै अधिबेसन सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्