अर्घाखाँची लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : पिताम्बर भुसाल

| २०७८ चैत ३ गते २१: २१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लास पूर्वक फागु पुर्णिामा तथा होली धूमधामले मनाउने चलन छ । शुभ अवसर पारेर नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल ले  शुभकामना व्यक्त गरेका छन ।

यी हाम्रा संस्कृति पहिचानको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व तथा कर्तव्य समेत हो जसअनुसार यस फागुन पुर्णिामा अर्थात होलि पर्वले सबै जिल्ला बासी नेपालीहरुमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्ति भाव फैलाउन सकोस् , अन्याय अत्याचार जासुरी प्रवृत्तिको निमित्त आवज उठाउदै रास्ट्र र राष्ट्रियताको संरक्षणका निमित्त  र गौरवशालि इतिहास बोकेको "समृद्ध नेपाल सुखी नेपाली" विकासको भिजन बोकेर एमाले  हिँडेको छ । समृद्धि नेपालकोे चाहना र जनताको आशा बनेको छ । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि विकासको एजेण्डा बनेको छ ।खुसी नेपाली  स्थापित गर्न गराउनको निमित्त सम्पुर्ण नेपालिहरु एकजुट हुन सक्नेछन् । जिल्ला लाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य रहेको भुसालले बताए ।

साथै सबै नेपालीहरु बीचको एकता, सद्‌भाव र सहिष्णुतालाई कायम राख्दै सबै संस्कृति एवम् परम्पराहरुको संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा रहोस भन्ने कामना समेत अध्यक्ष भुसालले गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्