नेकपा एमाले अर्घाखाँचीको चुनावी रणनीति

| २०७८ चैत ७ गते २३: ०० मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले आक्रामक रुपमा चुनावी अभियान संचालन गरेको छ । एमालेलेका नेता तथा कार्यकर्ताहरु अहिले गाउँ केन्द्रित अभियानमा छन् । नेपालमै पहिलोपटक ५ दलिय गठबन्धनले चुनावमा मिलेर जाने घोषणा गरेपछि अहिले अर्घाखाँचीको सिङ्गो एमाले जुरुक्क उठेको छ। 

एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी , लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य  रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायत जिल्ला बाट केन्द्र र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेता एवं जिल्ला कमिटी ,क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,वडा कमिटी ,टोल कमिटीका पदाधिकारी र सबै सदस्यहरुका साथै सबै जनवर्गीय संगठनहरु समेत अहिले पार्टीकाममा जुटेका छन् । एमालेले आफ्ना कार्यकर्तालाई संरक्षण गर्दै अन्य पार्टी बाट ठुलो संख्यामा कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ । नव प्रवेशिहरुलाई उचित जिम्मेवारी दिने एमालेको तयारी छ । 

एमाले यस पटकको  निर्वाचनमा करीव १० हजार जनालाई पार्टीमा भित्र्याउने योजना बनाएको नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले बताउनु भयो । उहाँले तत्कालीन नेकपा एमालेको सरकारले गरेका काम र राष्ट्र निर्माणको अभियान लिएर सिङ्गो पार्टी पङ्ती एकता बद्ध भई जनता बीच पुगेको बताउनुभयो । हरेक संकटमा निश्वार्थ भावले काम गर्ने कार्यकर्ताको पार्टीले उच्च मुल्यांकन  गर्ने उहाँको भनाइ छ। एमाले आईतवार जिल्लाका अधिकाम्स वडामा बैठकहरु सम्पन्न गरेको छ । अब प्रत्येक टोल कमिटीका बैठक सकेर घरघरमा पुग्ने पार्टीको तयारी छ ।हिजो सन्धिखर्कका १२ वटै वडामा उत्साह जनक रुपमा बैठक सम्पन्न भएको नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले बताउनुभयो । आईतवार मात्रै पनि नगरपालिका भित्रका सबै वडामा कम्तीमा १ सय व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्