प्रचण्ड र माधव लाई कांग्रेसले समेत हेप्यो: सचिव रायमाझी

| २०७८ चैत १४ गते १८: ५० मा प्रकाशित

कपिलवस्तु । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढिरहेको बताएका छन् । कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्टाचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेको दाबी गरे ।

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्ला एक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाए ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्न पनि बाँकी राखेनन् । नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उनको दाबी छ ।

ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको उनले बताए ।श्रोत - buddhabatikaonline

प्रतिक्रिया दिनुहोस्