विद्यार्थीलाई जबरजस्ती गर्ने अर्घाखाँची मालारानीका शिक्षक पूर्पक्षका लागि कारागार चलान

| २०७८ चैत १७ गते १४: २१ मा प्रकाशित

प्रेमनारायाण आचार्य,अर्घाखाँची।अर्घाखाँचीको मालारानी गाउँपालिकामा आफ्नै १५ वर्षिय विद्धार्थी बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई पूर्पक्षकालागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ।

मालारानी गाउँपालिकामा घर भएका २७ वर्षिय शिक्षकले आफैंले अध्यापन गराउने १५ वर्षकी बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेपछि निज शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। 

पटकपटक हुने जबरजस्ती करणीले गर्भ रहेपछि १४ हप्ताको गर्भपतनसमेत गराएको बालिकाले बताएको तथा अनुसन्धानबाट देखिएपछि अदालतले मंगलबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अम्बरबहादुर थापाले बताए।

यस आर्थिक वर्षमा जबरजस्ती करणीका ३ र जबरजस्ती करणी उद्योगका २ र बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ वटा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक थापाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्