अर्घाखाँचीको राजनीति ठेकेदारकाे किल्ला : नयाँ साल संगै नयाँ अर्घाखाँचीको च'री'द्र राजनीति पूरा पढ्नुहोस..

| २०७९ बैशाख १ गते १६: २६ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। गत चुनावमा जस्तै यसपाली पनि स्थानीय चुनावमा दलाल माफिया र ठेकेदारको हालिमुहाली बर्चस्व रहेको छ। राजनीति सेबा र समर्पण भाब भय पनि स्थानीय चुनाव दलाल माफिया र ठेकेदार बिच पैसाको प्रतिस्पर्धा गर्ने क्रिडा स्थल बन्दै गयको छ। सबै राजनीति दलहरू निकै आदर्श र समाजबाद का कुरा र तर्क गरे पनि यथार्थमा अन्तिममा उहीँ ठेकेदार दलाल र माफियालाई टिकट दिने गरेका छन,। 

जसको कारण लामो समय सम्म राजनीति पार्टी को लागि त्याग र योगदान दियका नेताहरू स्थानीय चुनावमा टिकट बाडने समयमा दुरुत्साहित हुन पुगेका छन अर्को तर्फ क्षमता बान र दुरदर्शिता केही गर्न सक्ने ज्ञानी बौद्धिक ब्यक्तिहरु पनि पैसाको अभावको कारणले चुनावी प्रतिस्पर्धा बाट बाहिर भयका छ्न। केही राजनीतिक दलका सभ्य र राम्रा भन्ने नेताहरू लाई अर्घाखाँची बुलेटिन फोन मार्फत तपाई राम्रो छवि भएको नेता हो पार्टी बाट टिकट मिल्छ कि नाई भन्ने सन्दर्भमा, पार्टिले पैसा र ठेकेदार ब्यापारी हरुलाई बढी प्राथमिकता दियो, पैसाको वर्गीकरण को अधारमा आफू उच्च दर्जामा पर्न नसक्दा टिकट नमिलेको निरास पुर्ण गुनासो गरेका छ्न।

 आजकल समाज र राजनीतिमा पैसा डिटर्जेन्ट पाउडर जस्तै भएको छ जति प्रतिष्ठा र छबिमा दाग भय पनि पैसाको कारण तत्काल सफाई हुने गरेको छ, भने पैसाको प्रभावले समाजमा छिट्टै आफ्नो हाबी जमाउने परम्परा ले आजको समाज निकै बदनाम बन्दै छ। समाजमा बुद्धि बिबेक र सामाजिक प्रतिष्ठा पनि पैसाको आधारमा मुल्यांकन हुदा समाज र राजनीतिमा पैसा एउटा बिकृती सिर्जना गर्दै देश र समाजलाई दीर्घकालीन धोका दिई रहेको छ। सामाजिक परिवर्तनको बाहक को रूपमा राजनीतिलाई माने पनि यथार्थमा चरम पैसाको हाबिका कारण झन विभेद र समाजमा अराजकता, सगै उत्कृष्ट लाई सधै ओझेल मा पारेको छ। ब्यापारी ठेकेदार चुनाव मा राम्रो पैसा खर्च गर्न सक्ने हुदा केही दिन केही कार्यकर्ता लाई पर्व नै भय पनि त्यस्को भरपाई भने भष्टचार र अनिमियता अनि काला बजारी बाट असुल गर्ने हुदा त्यसको मुल्य समग्रमा समाजले चुकाउनु पर्ने बिडम्बना रहेको छ। आजकलको चुनाव पैसा फेको तमाशा देखो जस्तै भएको छ। यसरी हुने चुनाबले सामाजिक परिवर्तन भन्दा पनि ठेकेदार ब्यापारी अनि दलाल हरुलाई  अझ समाज लुटन प्रोत्साहन गरे जस्तै भयो ।

यति बेला अर्घाखाँची जिल्लामा विभिन्न राजनीतिक दल मुख्य नेपाली काङ्ग्रेस र एमालेमा ब्यापारी ठेकेदार लाई टिकट दिन प्रतिस्पर्धा नै चलेको देखिन्छ, मात्र राजनीति लाभ लाई हेर्दा समाजका अन्य मुलभुत समस्या भने जस्ताको तस्तै रहेका छन। यहि परिणामस्वरूप दिन प्रतिदिन चुनाव पनि निकै खर्चिलो बन्दै गयको छ, अब लोकतन्त्र होइन पैसातन्त्र भएको छ भन्दा फरक नपर्ला, अघि पछि पुजीवादी र माफिया र दलाल को चर्को आलोचना गरे पनि चुनाव मा उनिहरुकै शरणमा परेका छ्न। त्यसैले राजनीतिमा देखाउने र चपाउने दात फरक रहेको स्पष्ट बुजिन्छ। यसरी पैसाको मोल तोलबाट माथी उठेको राजनीतिले कसरी समाजमा सेबा भाब र परिवर्तन कारी भुमिका खेल्न सक्ला र? बरु यस्तो राजनीतिले समाजमा चाकरिबाज नाताबाद र क्रुपा वाद को समर्थन गर्दै सामाजालाई अझ दुषित बनाउने स्पष्ट छ, यसको लागि जनताहरु पनि जागरुक हुन आबस्यक छ तर अन्धो राजनीति निष्ठा र बैचारिक बिबेकको कमिका कारण जनता बाट यस्तो राजनीति लाई तिरस्कार र निषेध गर्ने कुनै पनि सम्भावना छैन। अब अति भयो चेतनाको बिकास गर्नु नितान्त आबस्यक छ।

प्रतिक्रिया दिनुहोस्